सबै मजदुरको श्रम अधिकार स्थापित होसः राष्ट्रपति


प्रकाशित मिति :2016-05-01 16:36:53

महिला खबर

bidhya bhandari 1काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले सबै नेपाली श्रमिक एवं मजदुरले स्वदेश तथा विदेशमा आफ्नो श्रम गर्दा उचित श्रम अभ्यास,  काम गर्ने अनकूल वातावरण, न्यायोचित कार्यघन्टा एवम् पारिश्रमिक स्थापित हुन सकोस् भन्ने कामना गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय मजदुर दिवसका अावशरमा राष्ट्रपति भण्डारीले दिनुभएको शुभकामना सन्देशमा मजदुरको सामाजिक सुरक्षालगायत सबै श्रम अधिकार सुनिश्चित भई उपयुक्त औद्योगिक सम्बध समेत स्थापित हुनुपर्ने  उल्लेख  छ ।

उहाँले अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा  विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवम् सबैको श्रम अधिकार सुनिश्चितताको कामना गर्नुभएको छ ।

 सबै नेपाली श्रमिक तथा मजदुरले सबै अधिकारको पूर्ण र सार्थक रुपमा प्रयोग गर्न सकून् भन्ने शुभकामना पनि उहाँले व्यक्त गर्नुभएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: