बालविवाहविरुद्ध उभिए भारतका टेन्ट डिलर


प्रकाशित मिति :2016-05-02 15:44:08

महिला खबर
Capture

एजेन्सी । भारतको राजेस्थानमा ४७  हजार टेन्ट डिलरले बालविवाहविरुद्ध दृढताकासाथ उभिन बालविवाह भएमा आफूहरूले टेन्ट उपलब्ध नगराउने निर्णय गरेका छन्। गत शुक्रवार भएको बैठकमा टेन्ट डिलरहरूले आफ्ना ४७ हजार सहकर्मी कामदारलाई  वालविवाहका लागि टेन्ट उपलब्ध नगराउन आव्हान गरेका छन्।

राजेस्थान टेन्ट डिलर्स किराया भवस्या समितिमा आवद्ध डिलरहरूले वालविवाह रोक्न   विवाहमा टेन्ट उपलब्ध गराउनुपुर्व विवाह हुने केटा केटीको जन्मदर्ता प्रमाणपत्र जाँच गर्ने निर्णय गरेका छन् ।

यदि उनीहरूले बालविवाह हुनलागेको आफूहरूले थाहा पाएमा तुरुन्त नजिकको प्रहरीचाैकीमा खबर गर्नेपनि बताएका छन्। अप्रिलको अन्तिम र मे महिनाको पहिलो साता हुने अखा पर्वमा राजेस्थानमा  वालविवाह अत्यधिक हुने गरेको पाइन्छ।

वालविवाह हुने देशमध्ये भारत विश्वमै छैटाैं स्थानमा पर्दछ। सन् २०११ को जनगणनाअनुसार भारतमा  १० देखि १९ वर्ष उमेरका १ करोड ७० लाख बालबालिकाको विवाह भएको थियो जसमा ७६ प्रतिशत अर्थात १ करोड २७ लाख वालिका थिए । टेन्ट डिलरहरूको वालविवाहविरुद्धको यस कदमले वालविवाह रोक्न ठुलो मद्दत पुग्ने आशा गरिएको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: