परिचय फेरियो : लाहुरेनीबाट उद्यमी


प्रकाशित मिति :2016-05-03 12:32:37

आत्मनिर्भर बन्नुपर्छ भन्ने मान्यता राख्न थालेकी विष्णुको परिचय समेत यतिबेला फेरिएको छ। ‘लाहुरेनी भन्नेहरूले उद्यमी महिला’ भन्न थालेका छन्। यो नयाँ परिचयले उनलाई गौरब लागेको छ ।

जमुनावर्षा शर्मा

पाेखरा । विश्वासै थिएन झारबाट पनि सामान बनाउन सकिन्छ। तैपनि मन नलागी नलागी विष्णु उचै ठकुरी जलकुम्भी झारबाट हस्तकलाका सामान बनाउने तालिममा सहभागी भइन्। जलकुम्भीले पोखराको फेवा र बेगनास ताललाई कुरुप बनाइरहेको थियो। ताल सफा गरेर यसलाई मान्छेले किनारा तिर थुप्र्याइदिन्थे।

तर, यहि प्रकृतिलाई कुरुप बनाइरहेको झारले हस्तकलाका सामान बनाएर आम्दानी गर्न सकिन्छ र यो राम्रो मुल्यमा बिक्रि हुन्छ भन्ने कुरा ४४ वर्षीया यी लाहुरेनीलाई पत्तै थिएन। श्रीमान लाहुरे, छोराछोरी अमेरिकामा पढ्दै छन्।

नपुग्दो केही थिएन। आधा उमेर त श्रीमान कै कमाइमा रमाएर गएको थियो। तैपनि उनी कास्की पोखरा हस्तकला संघको आयोजना, नमूना आर्दश आमा समूहको व्यवस्थापनमा संचालन भएको जलकुम्भीबाट हस्तकलाका सामान बनाउने १ हप्ते तालिममा सहभागी भइन्।Udhhami

तालिममा उनी अन्य सहभागी भन्दा उत्कृष्ट भएपछि उनको उत्साह झन थपियो। त्यसपछि उनमा यही कलाबाट उद्यमी बन्ने नशा चढ्यो। सीपमुलक तालिमले आर्थिक रुपमा आत्मनिर्भर भई स्वावलम्बी बन्ने चाहना भयो।

तालिमपछि सीपलाई व्यावसायिकरण गर्ने इच्छा अनुरुप उनी अगाडि बढेकी छन्। उनले जलकुम्भी झार र छ्वालीबाट फोहोर फाल्ने टोकरी, कलमदानी, टोकरी, टीम्याटलगायतका सामान बनाउँदै आएकी छन्। पर्वतको लुखुं देउरालीमा २०२८ सालमा जन्मिएकी विष्णुका श्रीमान भारतीय सेनाबाट अवकास भएर अहिले अफगानिस्तान छन् भने एक छोरा र एक छोरी अमेरिकामा अध्ययरत छन्।

आर्थिक रुपमा विष्णुले कहिल्यै दुःख पाएकी छैनन्। तर, आफैँले गरेको आम्दानीबाट पाइने सन्तुष्टिको अनुभव भने उनले बल्ल गरिन्।

उनले बनाएका सामानलाई पद्मावति हस्तकला उद्योगको नेपाल कोशेली घरले खरीद गरिदिन्छ। कति त घरमै किन्न आउँछन्। नमुना हस्तकला उद्योग नै खोलेर उनी व्यावसायिक हुन थालेकी छन्। ‘सामान बन्न नपाइ बिक्री हुन्छन्’,मख्ख पर्दै उनी भन्छिन्।

UUU
‘लामो समय यत्तिकै घर बसियो, अहिले बल्ल सीप सिकियो महत्व बुझियो, पहिले सिक्न पाएको भए अझ कति धेरै गर्न सकिन्थ्यो होला’ विगमा फुर्सदका समय त्यसै खेर गयो’ उनी पछुताउँछिन्। ‘तालिम लिनुमात्रै ठुलो कुरा होइन रहेछ’, उनले अहिले बुझेकी छन्, ‘तालिममा सिकेको सीपलाई व्यवहारमा उर्तान सकेमात्रै सार्थक हुँदो रहेछ।’

‘श्रीमानले कमाइहाल्नु हुन्छ, जे भन्यो त्यही पुर्‍याउनु हुन्छ भनेर चुप लागेर बसियो, आत्मनिर्भर हुनुको मज्जा के हुन्छ धेरै पछि थाहा पाइयो’ बिष्णु भन्छिन्। उनले सामान बनाएर बेच्नेमात्रै होइन अरुलाई कसरी बनाउने भनेर तालिम पनि दिँदै आएकी छन्।
उनले वडा समन्वय समितिको सहयोगमा ३२ जना महिलालाई जलकुम्भी झारसम्बन्धि हस्तकला सामान बनाउने तालिम पनि दिइसकेकी छन्।
एकातिर आम्दानी भएको छ, भने अर्कोतर्फ समयको राम्रो सदुपयोग पनि । श्रीमान र छोराछोरी विदेश भएपनि अहिले उनले एक्लो अनुभव गर्नु परेको छैन। कामले एक्लोपन हटाइदिएको छ। साथीभाइ चिनजान गर्ने अवसर पनि मिलेको छ।

आफ्नो सृजनशिलताले जीवनमा नयाँ ऊर्जा र उत्साह थपेको ठकुरीको अनुभव छ। आफ्नालागि आफैँ कमाउन सफल विष्णुलाई घरखर्च चलाउन पुग्ने गरी आम्दानी भएको छ।

आफूसँगै अरुलाई पनि आत्मनिर्भर बन्नुपर्छ भन्ने मान्यता राख्ने विष्णुको परिचय समेत यतिबेला फेरिएको छ। ‘लाहुरेनी भन्नेहरूले उद्यमी महिला’ भन्न थालेका छन्। यो नयाँ परिचयले उनलाई गौरब लागेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: