नागरिकको मन जित्न सफल प्रहरी प्रमुख गंगा पन्त


प्रकाशित मिति :2016-05-03 14:00:55

महिला खबर

 ganga pant
पर्वत । पर्वत आए लगत्तै मदिरा नियन्त्रण, महिला हिंसाका घटना कमी ल्याउन, चोरीसिकारी, तस्करी, गुण्डागर्दी नियन्त्रण, कुलत तथा दुव्र्यशनमा फसेकालाई उपचार, जुवातास नियन्त्रण गर्न सफल भन्दै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक गंगा पन्त प्रशंसाको पात्र बन्नुभएको छ ।

प्रहरी र नागरिकबीच पर्वतको कुश्मामा भएको एक अन्तरक्रिया कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय प्रहरी प्रमुख कमलसिंह बमले प्रनाउ गंगा पन्त पश्चिमाञ्चलकै उत्कृष्ट प्रहरी अधिकृत भएको  प्रतिक्रिया दिनुभयो ।

पन्त  नौ महिना अघि जिल्ला प्रहरी कार्यालय पर्वतको जिम्मेवारी सम्हाल्नु आउनुभएको हो ।

पश्चिमाञ्चलको जिम्मेवारी पाएपछि जिल्ला भ्रमणका क्रममा पन्तको  कुशल कार्यक्षमता पाएको बमको भनाइ थियो ।  ‘कतिपय अवस्थामा महिलाको क्षमतामाथि अविश्वास गर्दै प्रश्न उठाइन्छ, ती सबैकालागि एक सशक्त उदाहरणीय पात्र हुनुहुन्छ डिएपी साब गंगा पन्त,’ बमले भन्नुभयो ।

विगतमा पर्वतमा केही व्यक्तिले प्रहरीलाई मुठ्ठीमा लिएर वितण्डा मच्चाउने गरेको स्मरण गर्दै बमले अहिले त्यो रोक्न सक्नु नै पन्तको सफलता भएको बताउनुभयो ।

‘प्रहरी सिमित र पहुँचवाला व्यक्तिको पछि होइन आम नागरिकको पक्षमा उभिनु पर्छ जुन काम पन्तबाट भएको छ,’ पर्वत र अन्य जिल्लाको कामकारवाही निरन्तर अध्ययन गर्दा पर्वतमा प्रहरीको भुमिका उत्कृष्ट छ । धेरै राम्रो छ ।’ उहाँले भन्नुभयो ।

‘म पश्चिमाञ्चल प्रहरी प्रमुख भएर आएपछि जिल्लाको निरीक्षण गरिरहेको छु, तर पर्वत उत्कृष्ट पाएँ’, बमले भन्नुभयो ‘त्यसको सवै श्रेय म डिएसपी साबलाई दिन्छु ।’

नागरिकसँगको हातेमालोमै प्रहरीले सफलता पाउने आफ्नो जोड रहेको भन्दै बमले पर्वत प्रहरीले गरेका राम्रा काम अरुले पनि सिक्नुपर्ने  धारणा राख्नुभयो ।

कार्यक्रममा सहभागी नागरिक समाजका प्रतिनिधिले पर्वतका प्रहरी प्रमुख पन्तले राम्रो काम गर्दागर्दै पनि प्रहरीलाई मुठ्ठीमा लिने समूहले तालुकदार निकायका प्रमुखमार्फत पन्तलाई दबाब दिने गरेको भन्दै असन्तुष्टि जनाए ।

पर्वत अदालत बार इकाईका अध्यक्ष विश्वराज पाण्डेयले आम नागरिक डिएसपी पन्तको कामप्रति सन्तुष्ट छन्, तर प्रहरीका हाकिमबाटै उहाँले गरेका राम्रा कामविरुद्धमा दबाब आउने गरेको बताउनुभयो ।

अधिवक्ता भोलानाथ शर्माले प्रहरी प्रमुख पठाउँदा कानुन बुझेको र अनुभवी पठाउन आग्रह गर्दै गंगा पन्तजस्तै प्रहरी प्रमुख पर्वतलाई आवश्यक रहेको बताउनु भयो  ।
DSP Ganga panta (2)
पत्रकार गणेश पौडेलले नदीजन्य सामग्रीमा अञ्चल प्रहरी प्रमुख छविलाल जोशीले पर्वत प्रहरीलाई दबाब दिएको आरोप लगाउनुभयो ।

‘एसएसपी जोशीको क्वाटरबाटै कालीगण्डकी नदी दोहन गरेको प्रष्ट देखिन्छ, तर उहाँले उल्टै पर्वत प्रहरीले नदी दोहन रोक्ने प्रयास गर्दा क्रसर व्यवसायीकै पक्षमा लाग्न दबाब दिनुहुन्छ । प्रहरी प्रमुख पन्तले रातको समयमा क्रसर व्यवसायीले नदीमा एक्साभेटर प्रयोग गरेर नदी दोहन गरेको भेटेपछि करीव दुई साताअघि सवारी नियन्त्रणमा लिनु भएको थियो’ पत्रकार पौडेलले भन्नुभया,े ‘तर अञ्चल प्रहरी प्रमुख जोशीले पन्तलाई सवारी नियन्त्रणमा नलिन दबाब दिएको बुझिएको छ ।’ हाकिमहरूबाट हुने  यस्तो हस्तेक्षप तुरुन्तै रोक्नुपर्ने  पत्रकार पौडेलले बताउनु भयो ।

कार्यक्रममा बोल्दै प्रहरी नायव उपरिक्षक पन्तले नागरिकबाट राम्रो समर्थन पाएपछि आफू मुलुकको कानुन विपरित आफ्नै हाकिमको दबाब आएपनि हलचल नहुने भन्दै पर्वतबासीलाई विश्वस्त हुन आग्रह गर्नुभयो ।

‘म मेरो जिम्मेवारीमा रहँदासम्म कोही कसैबाट पनि प्रभावित नभई काम गर्छु, हजुरहरूले साथ दिनुपर्छ’ पन्तले भन्नुभयो ।

पर्वत सानो जिल्ला भएपनि पन्त आउनु अघि कोठाबाटै सिंगो प्रहरी संगठन प्रभावित हुने गरेको स्मरण गर्दै संगठनको अनुशासन जोगाउन र  प्रहरी प्रशासनलाई प्रभावमा पार्न खोज्नेविरुद्ध पन्तले लिएको अडान र देखाएको इमान्तारिताको पर्वतवासीले प्रशंसा गरेका थिए ।

कालीगण्डकी नदीमाथि हुने गरेको अतिक्रमण रोग्न पर्वत जिल्लाबाट ‘कालीगण्डकी नदी बचाऔं राष्ट्रिय अभियान’को समेत सुरु  भइसकेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: