महिनावारीका कारण अनशनकारी समस्यामा


प्रकाशित मिति :2016-05-04 11:09:30

महिला खबर

DSC04657
काठमाडौं । काम गरेर स्वदेशमै बाँच्न पाउनुपर्ने माग गर्दै एक हप्तादेखि बाह्र जना युवा खुलामञ्चमा आमरण अनशन बसिरहेका छन् । आफ्नो शैक्षिक प्रमाण पत्रसहित अनशनमा बस्नेमध्ये चारजना महिला छन् ।  अनशनका कारण आफूहरूको स्वास्थ्य अवस्था दिनप्रतिदिन विग्रदै गएपनि सरकारले कुनै चासो नदिएको उनीहरूको आरोप छ ।

महिनावारी हुँदा थप समस्या भएको अनशनकारी लक्ष्मी स्याङतानले बताइन् ।  आफूलाई दुईदिनदेखि महिनावारी भएको र लुगा फेर्नदेखि पोषिलो खानेकुरा खानुपर्ने र सफा बस्नुपर्ने डाक्टरको सल्लाह भएपनि अनशनमा त्यो सम्भव नभएकोले समस्या भइरहेको उनले बताइन् । उनी भन्छिन् ‘हाम्रो माग पुरा हुन्छ भन्ने आशा छ, ढिलै भएपनि गर्ला नि ।’

DSC04659

युवाहरु विदेशमा निर्यात गरि राज्य सत्ता चलाउन अभ्यस्त भएका देशका शासकले  आफूहरूको माग तुरुन्त सम्बोधन गर्नुपर्ने अनशन बसिहेकी  जिविता आचार्यको भनाई छ । अनशन बस्नेहरूमा लक्ष्मी स्याङतान, जिविता आचार्य र  अनुष्का राईले त्रिभुवन विश्वविद्यालयमा स्नात्तकोत्तर दोस्रो सेमेष्टरमा अध्ययनरत छन् भने  मञ्जु गौतम बाह्र कक्ष उत्तिर्ण  छन्

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: