चालिस परिवार भएको गाउँमा तीसवटा छाउपडी गोठ


प्रकाशित मिति :2016-05-04 13:57:07

प्रकाश सिंह

 बाजुराको कोल्टिमा रहेको नुरीमा एक बालिका महिनावारी भएको बेला पालमा बस्दै । उनी कक्षा आठमा  पढ्छिन् ।

बाजुराको कोल्टिमा रहेको नुरीमा एक बालिका महिनावारी भएको बेला पालमा बस्दै । उनी कक्षा आठमा  पढ्छिन् ।

बाजुरा । सदरमुकाम मार्तडीनजिकैको गाउँ रतुडामा ४० परिवार बस्छन् । अनि यो गाउँमा ३० वटा छाउपडी गोठ रहेका छन् । यो गाउँको कसैको दुई परिवारको एक गोठ रहेको छ, नभए प्रायः सबैको एउटा एउटा घर र अलग्गै छाउगोठ रहेको स्थानीय कलु ऐडीले वताईन् । कसैको गोठ नभएमा ओडारमा गएर बस्ने गरेको कलु बताउँछिन् ।

यही गाउँमा रहेको श्री जन प्रकाश प्रावी रतुडामा महिनावारी भएको बेला शिक्षिका समेत विद्यालय जाँदैनन् । बिद्यालय नजिकै देउताको थान भएको भन्दै महिनावारी भएको बेला विद्यालय नजाने गरेको विद्यालयकी शिक्षिका नीरा बिष्टले वताइन् ।

कक्षा तीनसम्म रहेको उक्त विद्यालयमा तीन जना शिक्षक छन् । तीन जना मध्ये दुईजना शिक्षिका रहेका छन् । ‘दुबै जना शिक्षिका महिनावारी भएका बेला महिनाको चारदिन विद्यालयमा आउँदैनन’ स्थानिय गोरख बहादुर ऐडी भन्छन् ।

शिक्षिका नीरा विष्टले तीन कक्षासम्म पढाउँछिन् । अनिता जैसवालले शिक्षा विषय पढाउँदै आएकी छन् ।

‘दुबैजना शिक्षिका महिनामा चार दिन विद्यालय आउँदैनन्’ विद्यालयका प्रधान अध्यापक प्रकाश बहादुर ऐडी बताउँछन् । छाउ भएको बेला देवता दोष छ, भन्ने कारणले दुबै जना विद्यालय नआउने गरेको उनले वताए । उनीहरू महिनामा चार दिन विद्यालय नआउँदा प्रधानअध्यापक प्रकाश बहादुर ऐडी एक्लैले सवै कक्षा भ्याउनुपर्छ । यसले गर्दा पढाइको समेत बाधा हुने गरेको उनी वताउँछन् ।

‘महिनावारी भएको बेला अन्य महिला त्यो बाटोसमेत हिँड्दैनौं, शिक्षिका समेत जान मिल्दैन, गयो भने देउता रिसाउँछन्’ स्थानिय कलु ऐडी वताउँछिन् ।

यो गाउँमा महिनावारी भएको बेलामात्र नभई सुत्केरीलाई समेत छाउगोठमा राख्ने गरेका छन् । महिनावारी भएको बेला त पाँच देखि सातदिनसम्म छाउगोठमा बस्नुपर्छ, तर सुत्केरीलाई भने २० दिनसम्म गोठमा बस्नुपर्ने कलु ऐडीले बताइन् ।

रतुडा गाँउकी रुपशिला ऐडीले एकमहिना अघि छोरा जन्माईन् । उनी २० दिन छाउगोठमा बसेर बच्चा पनि त्यहीँ गोठमा पाएको वताईन् । महिनावारी भएको बेला घरमा बस्दा देउता रिसाउने परम्परागत मान्यताका कारण आफूहरू यस्तोबेला गोठमा अलग्गै बस्ने गरेको उनले वताईन् ।

जिल्लाका अन्य विद्यालयमा पनि महिनावारी भएको बेला छात्रा र शिक्षिका बिद्यालय आउँदैनन् । तोलीमा रहेको तोली देवलडाँडा उमावि र जुकोटमा रहेको स्वार्मीकार्तिक माविमा पनि यो समस्या छ । सदरमुकाम नजिकै घर घरमा छाउगोठ छन् । बाजुरामा छाउपडी प्रथाले निकै जडो गाडेको नागरिक समाजका शेर बहादुर शाहीले बताउँछन् ।

छाउपडीका नाममा जिल्लामा बर्षेनी करोडौं बजेट खर्च भइरहेको छ । कागजमा छाउपडी उन्मुलन देखाएको भएपनि अवस्था भने जस्ताको तस्तै रहेको उनले वताए । जिल्लाका केही गाँउ छाउपडी गोठ मुक्त भनिएपनि ती गाँउमा अझै महिला गोठमा बस्दै आएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: