श्रीमानको कमाइमामात्रै रमाउँदैनन् महिलाः आफैँ पनि कमाउँछन्


प्रकाशित मिति :2016-05-04 15:22:49

रुपा गहतराज
नेपालगन्ज  । बाँके बेलभार भैयापुरका प्राय हरेक घरका पुरुष  वैदेशिक रोजगारीमा गएका छन् । तर यो गाउँका महिला श्रीमानको कमाइमात्रै खाएर बस्दैनन् । उनीहरू आफैँपनि आयआर्जनका काममा संलग्न भई आर्थिक रुपमा बलियो बन्न अग्रसर हुँदै आएका छन् ।

श्रीमानका बैदेशिक रोजगारमा गएपछि उनीहरूका  श्रीमती श्रीमानले पठाएको पैसामा  रमाएर बस्छन् भन्ने भनाईलाई भैयापुरका महिलाले गलत साबित गरिदिएका छन् ।

पसलमा सामान बिक्रि गर्दै बसन्ती खत्री

पसलमा सामान बिक्रि गर्दै बसन्ती खत्री

भैयापुरकी २४ वर्षीया बसन्ती खत्रीका श्रीमान कतारमा छन् । उनले गाउँमा किराना पसल गरेकी छन् । उनको किराना पसलमा बिहनैदेखि ग्राहकको भिडभाड सुरु हुन्छ ।

उनको पसलमा किराना सामानदेखि फेन्सीका सामान समेत पाइन्छ । दुईछोरीकी आमा बसन्ती छोरीहरूलाई स्कुल पठाइ आफ्नो व्यापार सम्हाल्दै आएकी छन्  । किराना पसलका लागि डिलरबाट सामान ल्याउनेदेखि घरको सम्पुर्ण काम उनले एक्लै व्यवस्थापन गर्दै आएकी छन् ।

किराना पसलबाट आम्दानी बढ्दै गएपछि उनले कुखराको मासु समेत बिक्रि गर्न थालेको बताइन् । उनी भन्छिन् – ‘श्रीमान पैसा कमाउन गए भन्दैमा केही नगरी बस्नुपर्छ भन्ने होइन ।’

 उनले आफ्नो कमाइबाट  घर परिवार चलाउँदै आएकी छन् भने  श्रीमानको आम्दानी बचत गर्ने गरेकी छन् । स्थानिय सहकारीबाट  ६० हजार रुपैयाँ ऋण लिएर  किराना पसल सन्चालन गरेकी उनले अव २० हजार रुपैयाँमात्र तिर्न बाँकी रहेको बताइन्  ।
भैयापुरकै समी बुढाथोकीले पनि गाउँमै ब्युटिपार्लर संचालन गरेकी छन । आफूले जानेको सीपको प्रयोग गर्दै खाली समयको सदुपयोगका

लागि पार्लर संचालन गरेको बुढाथोकीले बताइन् । उनका श्रीमान १ वर्षदेखि रोजगारीका लागि साउदीमा छन् । दिनको ५ सयदेखि हजार रुपैयाँसम्म आम्दानी हुने उनको व्यवसायले घरको आर्थिक समस्या टार्न सजिलो भएको छ । उनी भन्छिन्,  ‘श्रीमानको  कमाईमा मात्र किन भर पर्नु, चाहेको बेला पैसा हुँदैन त्यसैले पार्लर खोलें ।’ रोजगारमा गएका धेरै पुरुष श्रीमतीलाई काम नगर्न आग्रह गर्ने गरेको उनले सुनाइन् ।

बेलाबेलामा श्रीमान बैदेशिक रोजगारमा गएपछि  श्रीमतीहरू पैसामात्र उडाउँछन् भन्ने प्रचार गलत भएको बुढाथोकी बताउँछिन्  । सबैलाई एउटै चश्माले नहेर्न उनको आग्रह छ ।

पसलमा सामान बिक्रि गर्दै नागिन श्रेष्ठ

पसलमा सामान बिक्रि गर्दै नागिन श्रेष्ठ

 रोजगारका लागि साउदीमा पुगेका भैयापुर कै गोपी थापाले श्रीमतीलाई व्यवसाय गर्न आर्थिक सहयोग गरे । श्रीमती नागिन श्रेष्ठले किरानादेखि कस्मेटीक पसल संचालन गर्दै आएकी छन् । ८० हजार रुपैयाँ  लगानी गरेर कस्मेटीक पसल संचालन गरेकी उनले आफ्नो दैनिक आम्दानी ४ हजार रुपैयाँसम्म हुनेगरेको बताइन् ।

नागिन भन्छिन्, ‘गाउँलेलाई सानो समान किन्न बजार जानु पर्र्दैन । किराना देखि कस्मेटी पसल , ब्युटिपार्लर गाउँमै भएपछि गाउलेहरूलाई पनि बजार पुग्नुपर्ने बाध्यता टरेको छ । ’

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: