हस्तकला व्यापार मेला सुरु


प्रकाशित मिति :2016-05-05 14:38:26

महिला खबर

IMG_20160505_124638काठमाडौं। नेपाल हस्तकला महासङ्घको आयोजनामा १३औँ हस्तकला व्यापार मेला तथा ११औँ प्रतियोगितात्मक हस्तकला प्रदर्शनी आजबाट राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । मेलामा बङ्गलादेश, भुटान, भारत, चीन, जापानलगायतका देशमा उत्पादित वस्तुका १७७ कक्ष राखिएका छन् ।  यी मध्ये १४ वटा महिला उद्यमीका छन् ।

हाल हस्तकलाको निर्यात अमेरिका, जर्मनी, फ्रान्स, बेलायत, जापान, चीन, भारतलगायत ८० भन्दा बढी मुलुकमा ५० भन्दा बढी हस्तकलाका वस्तु निर्यात हुँदै आएको छ ।

मेलामा काष्ठकला, धातुकला, सुनचाँदी, फेल्ट, सुती र ढाकाका सामान, पस्मिना, छालाजन्य सामान, प्राकृतिक रेशा, बाँसका सामानलगायत प्रदर्शनीमा राखिएका छन् ।

महासङ्घले मौलिक कलाको संरक्षण, कलाकारको उत्थान, लोपोन्मुख कलाकृतिको जगेर्ना, मौलिक कलालाई विकसित गरी समुन्नत बनाउने, मौलिक कलाको खोजीनीति गर्न २०४८ सालदेखि हस्तकला प्रदर्शनी गर्दै आएको छ ।
तीन लाख आगन्तुक आउने अनुमान गरिएको सो मेलामा रु १० करोडभन्दा बढीको कारोबार हुने लक्ष्य महासङ्घले राखेको छ ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: