महिला खबर
काठमाडौं। अमेरीकी पत्रकार जील फिलियाेभेसले अमेरिकामा पनि महिला पत्रकारमाथि विभेद भएका बताएकी छन्। नेपाली पत्रकार महिलाले भोगनुपरेका समस्या र चुनौतिका बारेमा बिहीवार सञ्चारिका समूहमा भएकोे छलफल कार्यक्रममा उनले अमेरिकामा पनि पीडकलाई भन्दा हिंसामा परेकी महिलाको नकारात्मक सन्देस जाने गरि समाचारहरू आउने र महिलाको आवाजलाई नसुनिने प्रबृत्ति रहेको अनुभव सुनाइन्।
तर, पछिल्लो समय विश्वव्यापी रुप मै पुरुषले, ओगट्दै आएका ठाउँहरू महिलाले पनि लिन थालेकाले सकारात्मक परिवर्तनका लक्षण देखिन थालेका उनले बताइन्। साथै महिलालाई हेरिने परम्परागत दृष्टिकोणमा विस्तारै परिवर्तन हुन थालेको उनको भनाइ थियो।
अमेरिकामा अहिलेसम्म पनि सुत्केरी हुँदा महिलाले तलवी विदा नपाउने गरेको उनले बताइन्। महिला पत्रकारलाई समाजिक सञ्जालमा एकदमै दुर्व्यवहार गरिने भन्दै उनले यस्तो बेला महिलाले ती पत्रकारको पक्ष लिएर प्रतिवाद गर्ने गरेको बताएकी थिइन्। छलफल कार्यक्रममा सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्माले पत्रकार महिलाका लागि समूहले गरिरहेका कामका बारेमा जानकारी दिनुभएको थियो।
Comment Here!