छोरीको मायाले जीवनको अर्थ खुलायो


प्रकाशित मिति :2016-05-06 14:14:12

‘छोरीको पीडाले मलाई मेरो जीवनको अर्थ बुझाईदियो’, सन्तोष राई भन्छन् । त्यसपछि उनले छोरी जस्तै विरामी भएका बालबालिकाका लागि केही गर्नुपर्छ भनेर छोरी कै नाममा च्यारिटी स्थापना गरे ।

नुनुता राई

13152746_1018272588256858_1888710870_n
काठमाडौं । ‘आफूलाई परेको पीडा भन्दा आफ्नोलाई परेको पीडा बढी कष्टकर हुने रैछ ।’ नेवा च्यारिटी तथा धरान रनका संस्थापक सन्तोष राई आफ्नो बिगत सम्झन्छन्, ‘छोरी नेवा छ महिनाकी मात्रै थिइन् । त्यो उमेरमा उनलाई हाइड्रोसेफालस भन्ने रोग लागेको थाहा पायौं ।’ यो एक किसिमको दिमागमा पानी जम्ने रोग हो । यसले दिमागलाई अस्थिर बनाउँछ । हाल शल्यक्रिया गरी छोरी नेवाको टाउकोबाट शरीरसम्म प्लाष्टिकको पाइप राखिएको छ, जसले टाउकाको पानी शरीरमा फ्याक्ने काम गर्छ । नेवा शल्यक्रियापछि सामान्य छिन् । अहिले उनी नौ वर्षकी भइन्। उनलाई समय समयमा नियमित जाँचका लागि अस्पताल लानुपर्छ ।

रोगले शथिल बनाउँदाको उनको अवस्था बयान गरी साध्य छैन । नियमित उपचारका क्रममा अस्पताल लाँदा सन्तोष मर्माहत हुन्थे छोरीको अवस्था देखेर । सन्तोष परिवारसहित हाल बेलायतमा छन् ।

छोरीको अवस्थाले साह्रै गलाउँथ्यो उनलाई । छोरीको स्वास्थ्य अवस्था देखेर ज्यादै दुःख लाग्थ्यो, तर अब यो दुःखलाई कसरी भुलाउने भन्ने मनमा लाग्न थाल्यो । उनी भन्छन् ‘छोरीको त्यो पीडाले मलाई मेरो जीवनको अर्थ बुझाईदियो ।’ त्यसपछि उनले छोरी जस्तै विरामी भएका बालबालिकाका लागि केही गर्नुपर्छ भनेर अगाडि बढे । यसको प्रयास स्वरुप सन् २०११ मा नेवा च्यारिटीको स्थापना भयो ।

नेवा जस्तै विरामी भएका असाहय बालबालिकालाई सहयोग गर्ने मुख्य उद्देश्यले संस्थाको स्थापना भएको हो । संस्थाले आर्थिक संकलन गर्नुका साथै अन्य स्वास्थ्य सम्बन्धि सचेतनामुलक कार्यक्रम गर्ने योजना बनायो ।

उनले सवैभन्दा पहिला आफ्नो गृह नगर धरानमा नै सचेतनामुलक कार्यक्रम गर्ने सोच बनाए । यो सोच अनुसार धरान रनको स्थापना भयो । यो संस्थामार्फत हरेक हप्ता शनिबार स्वस्थ्य रहौं भन्दै सवैलाई दौडनका लागि प्रोत्साहन गरिन्छ । अहिले धरान रनमा प्रत्येक हप्ता ३ सय भन्दा बढी सहभागी हुने गरेको धरान रन धरानका अध्यक्ष मनिष तामाङले बताए ।

13141123_1018272991590151_1888089658_n

नेवा च्यारिटिका लागि आर्थिक संकलन गर्न हरेक वर्ष मुख्य कार्यक्रम ‘नेवा च्यारिटी एट के रन’ हुन्छ । यो कार्यक्रम अन्र्तगत आठ किलोमिटरसम्मको दौड प्रतियोगिता गरिन्छ ।

यो दौडमा भाग लिन निश्चित रकम बुझाएर भर्नुपर्ने फारमबाट उठेको रकमबाट असाह्य बालबालिकालाई सहयोग गर्ने गरन्छि । यो दौडमा पूर्वाञ्चलका चार हजारसम्म मानिस सहभागी हुन्छन् । यसका साथै सन्तोषले बेलायतमा हुने दौड प्रतियोगितामा पनि भाग लिने गर्छन् र यसबाट जितेको रकम पनि नेवा च्यारिटीमा जम्मा गर्दै आएका छन् । कार्यक्रमबाट संकलित रकम सुनसरी पाँचकन्याकी अपाङ्ग कवि लक्ष्मी राईलाई ( हातले काम गर्दैन, खुट्टाले लेख्छिन्, तर हिँड्न सक्दिनन्) दुई लाख पचास हजार रुपैयाँ, एचआईभी संक्रमित बालबालिकालाई एक लाख रुपैयाँ, दुबै हातखुट्टा नभएका भोजपुरका संजिव राईलाई दुई लाख त्रिपन्न हजार, सुस्त मनस्थिति भएका बालबालिकालगायतका अशक्तहरुलाई सहयोग गरेको छ ।

यसरी सानो प्रयासबाट सुरु भएको कार्यक्रमले अहिले बृहत रुप लिँदै आएकोमा सन्तोष सन्तुष्ट छन् । गरे के हुँदैन भन्ने उदाहरण पनि हो यो । कुनै पनि काम सकारात्मक सोच लिएर थालेपछि सहयोग र साथ पाईने अनुभव छ उनको । भन्छन् ‘काम सुरु गर्न कुनै न कुनै घटनाले प्रभाव पार्दोरहेछ, मेरी छोरी मेरा लागि उत्प्रेरणा हुन् ।’ योे संस्थाको स्थापना आममानिसमा स्वस्थ्यकर रहनुपर्छ भन्ने चेतना जगाउने प्रयास हो ।

बढ्दो विलासी जीवनका कारण लागेका रोगबाट बच्न हामी आफैँ आफ्नो स्वास्थ्यप्रति सचेत हुनुपर्ने उनको धारणा छ । भन्छन् ‘नियमित दौडले मानिसको स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउँछ भन्ने सन्देश दिन हामी प्रयासरत छौं, यसमा सफल भईरहेका पनि छौं जस्तो लाग्छ ।’

अहिले धरान रनमा सहभागी हुने सहभागी देखेर मनमा छुट्टै किसिमको खुशी मिल्ने उनी बताउँछन् । कार्यक्रममा सबै उमेर समूहको सहभागिता हुन्छ । खुशी हुँदै उनले थपे ‘बालबालिकादेखि बृद्घबृद्घाहरू पनि मेरो यो अभियानमा सहभागी हुन थाल्नुभएपछि म धेरै खुशी छु ।’ साथीहरूको साथ र सहयोगले नेवा च्यारिटीलाई स्थापित गर्न मद्दत पुगेकोमा उनी दङ्ग छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: