विदुर आचार्य
काभ्रे । सदरमुकाम चौतारा नगरपालिका ९ की सीतामाया घलेले बोक्सी आरोप लगाएर आफूलाई दुव्र्यवहार गरेको भन्दै महिला तथा बालबालिका कार्यालयमा उजुरी गरेकी छिन् ।
वाह्रविसे ४ की ठूलीकान्छि तामाङले आफुलाई बोक्सी आरोप लगाएकोले न्याय खोज्दै महिला तथा बालबालिका कार्यालयसम्म आएको वताउँछिन् ।
त्यस्तै बोक्सीकै आरोप लगाएर अमानवीय ब्यवहार गरेको भन्दै जलविरे ९ की सुस्मिता घतानीले पनि उजुरी गरेकी छिन् ।
यी उदाहरण सदरमुकाम र केही सुगम वस्तीकामात्र हुन् । भूकम्पवाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लामा पछिल्लो एक वर्षमा महिला हिंसाका घटनामा अस्वाभाविक रुपमा बढेको तथ्याङ्कले पनि देखाएको छ । विशेषत अस्थाई तथा असुरक्षित आवास र मनोसामाजिक असरका कारण महिला हिंसामाथिको हिंसा बढेको हो ।
गत वैैशाख १२ पछि बोक्सी आरोपका तीनजना महिलामाथि दुव्र्यवहार भएको छ । लैङ्गिक हिंसाका २५ र यौनहिंसाका तीन वटा उजुरी महिला वालवालिका कार्यालयमा परेको छ । त्यस्तै घरेलु हिंसाका ४१ र मानव वेचविखनका दुई घटना दर्ता भएको कार्यालयले जानकारी दिएको छ ।
कार्यालयको तथ्याङ्क अनुसार बैशाख १२ देखि माघ १० सम्ममा लैङ्गिक हिंसा, बेचविखन, वहुविवाह, कुटपिट, सम्वन्ध विच्छेद र आशय करणीलगायतका हिंसा सम्बन्धि ५६ वटा उजुरी दर्ता भएका छन् । माघ १३ देखि २८ गतेसम्ममा १२, फागुनमा २५ र चैत्रमा ३० वटा महिला हिंसाका घटना दर्ता भएका छन् ।
हिंसा हुने क्रम वढ्दै गएकोले न्युनिकरणको उपाय अवलम्वन गर्दै आएको महिला तथा वालवालिका अधिकृत सन्ध्या राजेश्वरी सिंह वताउँछिन् । उनले भनिन् ‘अस्थाई तथा असुरक्षित आवास भएकै कारण पनि हिंसा बढेको हो, किशोरी तथा महिलालाई सुरक्षा नीति अपनाउन पछिल्लो समय विभिन्न संघ संस्थाहरूको साझेदारीमा कार्यक्रम संञ्चालन गर्दै आएका छौँ ।’
भूकम्पपछि महिला तथा बालबालिका बेचविखन पनि उत्तिकै बढ्यो । गत वर्ष जिल्ला वाल कल्याण समितीको अग्रसरतामा स्थापित तीन वटा चेक पोष्टवाट ९६ महिला तथा वालवालकिाको उद्धार गरिएको छ । विभिन्न वहानामा जिल्ला वाहिर लैजादै गर्दा ६७ महिला तथा वालिकासहितलाई उद्धार गरिएको जिल्ला वाल कल्याण समितिको तथ्याङ्क छ ।
प्राकृतिक प्रकोप होस् या अन्य कुनै असामान्य अवस्था । समाजमा सवैभन्दा वढी समस्या भोग्न महिला वाध्य छन् । समय अनुसार समाज परिवर्तीत भएको भनिए पनि महिलाहरु संरक्षण पाउनुपर्ने अवस्थामा समेत हिंसाको मार खेपिरहेका छन् ।
समाचारमा उल्लेखित पीडितका नाम परिवर्तन गरिएको छ ।
Comment Here!