महिला खबर
काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले पत्रकारिताले सत्य, तथ्य समाचार र सन्तुलित विचार प्रवाह गरी पत्रकारितालाई विश्वसनीय बनाउनुपर्ने बताउनुभएको छ ।
प्रथम राष्ट्रिय पत्रकारिता दिवस तथा गोरखापत्र दैनिकको ११६ औं वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीले गोरखापत्र दैनिक स्वच्छ र प्रतिस्पर्धी बन्न र भौतिक पूर्वाधार र प्रविधियुक्त बनाउन सरकारले आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो ।
उहाँले गोरखापत्र स्थापना भएको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउन सुरु गर्नु महत्वपूर्ण भएको भन्दै गोरखापत्र राष्ट्रको धरोहर र जिउँदो इतिहास भएको स्पष्ट पार्नुभयो । सरकारले गत फागुन १६ गते मन्त्रिपरिषद्को बैठकबाट हरेक वर्ष वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरेको थियो । विसं १९५८ मा गोरखापत्रको प्रकाशन सुरू भएको थियो ।
Comment Here!