बृद्धाआश्रममा छोरा भेट्न आउँदा मख्ख परिन् गणेश कुमारी


प्रकाशित मिति :2016-05-06 17:33:28

रुपा गहतराज
नेपालगन्ज । आमाको मुख हेर्ने दिन भन्दै चर्काे घाममा एक हातले बैशाखी समाउदै कोहलपुर २ की पुष्पा न्यौपाने बाँकेमा रहेको भेरी बृद्धा आश्रम आइपुगिन्। झोलामा पोका पारेर ल्याएको भुजा बिस्कुट बृद्धा आश्रममा बृद्धालाई बाँडदै थिइन्। आमाको मृत्यु पछि उनी बृद्धाआश्रममा पुगेर आमाको अनुहार लाइ सम्झन्छिन्।

२०६२ सालमा आमा गुमाएपछि यही बृद्धाआश्रममा भएका बुबा आमाबाट मन भर्छिन् र फकिन्छिन्। उनले भनिन् – सधैँ तसँगै कोही रहँदै, तर बाँच्दासम्म माया र सम्मान दिनुपर्छ। सन्तानले आमाको भार चुकाउन गाह्रो पर्ने उनी बताउँछिन्। उनले आमाको बयान गरिरहँदा छेवैमा रहेकी बाँके खजुरा घरकी ७२ वर्षीया गणेश कुमारी लामिछानेका आँखा भने रसाइरहेका थिए। उनी छोराछोरी भएरपनि बृद्धाआश्रममा बस्न बाध्य छन्। नौ वर्षदेखि लामिछाने आफ्ना आँशु लुकाउँदै बृद्धा आश्रम जिबन काटीरहेकी छन्।

गणेश कुमारी लामिछाने

गणेश कुमारी लामिछाने

उनलाई बिगत सम्झिन पनि मन लाग्दैन। हात जोड्दै उनले बिगत नसम्झाउन आग्रह गरिन्। तर आज उनी थोरै उत्साहित र खुशी पनि थिइन्। जसलाई उनी कुरा गररिहँदा बारम्बार कोट्याउँदै थिइन्। खुशीको कारण थियो छोरो आज भेटन बृद्धा आश्रम आएको ।
उनले भनिन् –अस्पताल आएको रहेछ। आफूलाई जचाउँन आज कुन्नी कसरी भेट गर्न आइ पुग्यो। थाह छैन। उनी आश्चर्य मान्दे भन्दे थिइन् र घरी घरी छोरोको कुरा भिकीरहेकी थिइन्। तर, आफ्नो बिगत को पीडा भने ओकल्न चाहिनन्। कुरा गर्दै जाँदा केही भन्न भ्याइन् ।

नौ वर्ष अघि परिवारको यातना अपहेलना सहन नसकेपछि उनले बृद्धाआश्रमको बाटो रोज्नुपर्यो। आज यही बृद्धाआश्रम उनको लागि परिवार भएको छ। छोराले आमा पाल्नुपर्ने जिम्मेवारीबाट पन्छिए। छोरीसँग बस्न उनको मन मानेन। अरुको कुटुम्बमा कसरी बस्ने ? उनले निराश हुँदै भनिन् –अन्तमा बृद्धाआश्रम जाने निर्णय गरें।

२०३८ सालमा श्रीमानको दमका कारण मृत्यु भयो । १२ सन्तान जन्माएपनि ४ सन्तान बाँचे। यीनैलाई हुर्काउने पढाउने गर्दा सारा आफ्नो दुःख उनले विर्सिएकी थिइन्। उनले भनिन् ‘पढाइ हुर्काइ सबैलाई आ आफनो बाटो लगाएँ। ३ छोरीको बिबाह भयो। अनि एउटै छोरो थियो। उसले मलाई बृद्धाआश्रममा बसन बाध्य बनायो।’

छोरोको रक्सी खाने लतका कारण आजित भएकी उनी छोराको अपेहलना र कुबचन सहन सकिनन्। उनी भन्छिन्– घरमा नातिनातीना छन्। घर जाम भन्छन्, तर अब फर्कन चाहन्न।

उनलाई सन्तान प्रति कुनै गुनासो छैन। अहिले पनि उनीहरूका लागि चिन्तित हुिन्छन्। रक्सीले छोरालाई केही हुन्छ की भन्ने चिन्ता उनलाई अहिले पनि छ।

सन्तान भएर पनि बृद्धा आश्रम पुगेकी लामिछानेले पनि आफ्नी आमालाई सम्झिएको बताइन्। उनले भनिन –बिहान उठेर आमाको नाममा भन्दै पिपलमा पानी चढाएर सम्झें । आफूलाइ जन्म दिने आमालाई पनि कहाँ बिर्सन सकिन्छ।

बाँकेको भेरी बृद्धा आश्रममा अहिले ४ जना बृद्ध र ३ जना बृद्धा रहेका छन्। बृद्धाआश्रममा आउने र जाने क्रम चलिरहने भएकाले संख्या घटबढ भइरहने आश्रममा संचालक युवराज शर्माले बताए। उनले बृद्धाको हेरचाहका लागि २ जना कर्मचारी राखेको समेत जानकारी दिए।

६० वर्ष उमेरमाथिमा कोही आफन्त नभएका बृद्धबृद्धालाई आश्रममा राख्ने प्रावधान भएपनि असक्त ,रोगी तथा घरबाट निकालिएकलाई पनि आश्रममा राख्दै आएको शर्माले बताए।

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: