अाफन्त कै कुटपिटबाट महिलाको मृत्यु


प्रकाशित मिति :2016-05-07 11:40:13

महिला खबर

सिराह । अाफन्त कै कुटपिटबाट गएराति सिरहाको सिलौरापछवारी खैरीटोलका एक महिलाको मृत्यु भएको छ । अाफ्नै देवर नाता पर्ने  स्थानीय दीपेन्द्र यादव, शैलेन्द्र यादव, सावित्री यादव, इन्द्रदेव यादव र सञ्जीत यादवलगायले कुटेर ४० वर्षीया सागरदेवी यादवको  मृत्यु भएको  प्रहरीले जनाएको छ ।  कुटपिटबाट गम्भीर घाइते सागरदेवीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिनुभयो ।

दाजुभाइबीच भएको पुरानो रिसिइबीको निहुँमा देवर नाता पर्ने ती व्यक्तिले गएराति सागरदेवीलाई मरणासन्न हुने गरी कुटपिट गरेको प्रहरीको भनाइ छ । कुटपिटमा संलग्न सबै फरार भएकाले खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक ज्ञवालीले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: