बलात्कार गरेर भागेका भनिएका अभियुक्त घरैबाट पक्राउ


प्रकाशित मिति :2016-05-07 12:05:25

महिला खबर

सप्तरी । बलात्कार गरेर भागेका भनिएका एक अभियुक्त १० वर्षपछि घरबाटै पक्राउ  परेका छन्। बलात्कारको मुद्दामा आठ महिनाको सजाय पाएका दश वर्षदेखि फारार एक व्यक्तिलाई शुक्रवार प्रहरीले घरैबाट पक्राउ गरेको हाे ।

सप्तरी बरमझियाका ३६ वर्षीय विजय दासलाई प्रहरीले पक्राउ गरेको हो । विसं २०६२ मा सप्तरी जिल्ला अदालतले दासलाई बलात्कारको आरोपमा आठ महिनाको कैद सजाय सुनाएको थियो ।

प्रहरी निरीक्षक गौरव महतका अनुसार गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कञ्चनरुपको प्रहरी टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो ।

अभियुक्त दासलाई आईतबार जिल्ला अदालतमा उपस्थित गराई कारागारमा पठाइने प्रहरीले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: