महिला खबर
नेपालगन्ज । प्रहरी अतिरिक्त महानिरिक्षक विज्ञानराज शर्माले लागूऔषध र अपराध नियन्त्रणमा बदमासी गर्ने प्रहरी तथा व्यक्तिलाई कानुनी दायरामा ल्याइने बताउनुभएको छ । अञ्चल प्रहरी कार्यालय भेरीको आयोजनमा बाँकेको जयसपुरमा लैंगिक हिंसा, लागूऔषध, अपराध नियन्त्रण तथा रोकथाम र सामुदायिक प्रहरी सेवा जनचेतनामूलक कार्यक्रममा बोल्दै उहाँले कानुन अनुसार काम गर्न पाउनु मानव अधिकारको संरक्षण गर्नु भएको बताउँदै अपराध नियन्त्रणका लागि आफू देश दौडाहामा निक्लिएको बताउनुभयो ।
उहाँले लागूऔषधको दुरुपयोगका कारण महिला तथा बालिकामाथि हुने हिंसा र अपराधले बढवा पाएको भन्दै यसको अन्त्यका लागि समाज, नागरिक समाज र राजनीतिक दलको सहकार्य आवश्यक हुने बताउनुभयो ।
यस्ता अपराध नियन्त्रण गर्न प्रहरीलाई कडारुपमा परिचालन गरिएको पनि शर्माले बताउनभुयो । कार्यकममा बोल्दै क्षेत्रीय प्रहरी प्रमुख माधव नेपालले महिला हिंसाको अन्त्य तथा बाँकेमा लागुपदार्थको उन्मुलन गर्नु नेपाल प्रहरीको एजेण्डा भएको बताउँदै यो कार्यक्रम प्राथमिकतामा रहेने जिकीर गर्नुभयो ।
उहाँले बाँकेमा आफ्नो पहिलो प्राथमिकता लागुऔषध उन्मुलन रहेको बताउनुभयो । बाँकेमा बढ्दो चोरी सिकारी, कालो बजारी तथा कुनै पनि आवरणमा हुने अपराधिक क्रियाकलापमा संग्लग्नलाई निष्क्रिय पार्न आफ्नो पहल हुने उहाँको भनाइ थियो ।
कार्यक्रममा बाँके प्रहरी प्रमुख गणेश राइले प्रहरीले लागुऔषधको अखडालाई निरुत्साहित पार्न प्रहरीले कुनै कसर बाँकी नराख्ने बताउँदै लागुऔषधका कारण हुने अपराधमा बालिका एवम महिलाको जोखिम बढ्दै गएको भन्दै कार्यपत्र प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा बालविवाहविरुद्ध जनचेतनामूलक सडक नाटक प्रदर्शन तथा लागूऔषध तथा समुदायमा घट्ने हिंसा सम्वन्धि जानकारी गराइएको थियो ।
Comment Here!