गगनशिला खड्का
गुल्मी । भीषण आगालागीले ध्वस्त बनाएको गुल्मीका बस्ती पुननिर्माणमा महिाला धमाधम जुटेका छन् । गुल्मीको बडागाउँ वार्ड नं १,२ ,३ का दजाकोट र माझगाउँका बस्तीमा महिलाहरू टहरा निर्माणका लागि जुटेका हुन् ।
गत शनिबार यी बस्ती नजिकैको जंगलबाट फैलिएको आगो वस्तीमा पसेर करीब ९० घर जलेर नष्ट भएका थिए । बस्तीमा रेसुङ्गा बहुमुखी क्यापसमा अध्यनरत विद्यार्थी र विभिन्न संघ संगठनमा आवद्ध महिलाले अग्नीपिडितका लागि अस्थायी टहरा निर्माण गरिरहेका छन् ।
उनीहरूले टहरा निर्माणका लागि चाहिने बाँस, जस्ता पातालगायतका सामग्री बोक्नदेखि भत्केका घरबाट ढुङ्गा निकाल्ने काम सक्रियताका साथ गरिरहेका छन् । आगलागी पीडितको घाउमा मलम लगाउन आफू काममा लागेको विद्यार्थी निर्मला पन्थीले बताईन् । उनले भनिन्, ‘यहाँ हामीहरू जस्तै थुप्रै महिला पीडित हुनुहुन्छ, उहाँको पीडामा मलम लगाउन वस्ती पुर्ननिर्माणका लागि सहयोग गरेको हौं ।”
आगलागीबाट बढी प्रभावित महिला र बालबालिका भएका छन् । आफूहरूको सहभागिताले उनीहरूलाई सुरक्षित र राहतको अनुभव हुने भएकाले पुननिर्माणमा स्वयंसेवकको रुपमा लागेको नेपाल महिला संघ गुल्मीकी सभापति विष्णु सापकोटाले बताईन् ।
Comment Here!