प्रमुख जिल्ला अधिकारीविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी


प्रकाशित मिति :2016-05-08 12:20:16

सर्मिला बुढाथोकी

पीडित प्रजिना बुढाथाेकी

पीडित प्रजिना बुढाथाेकी

दोलखा । न्याय माग्न जिल्ला प्रशासन कार्यालय जाँदा उल्टै सार्वजनिक मुद्दा सहित थुनामा बस्नु परेको भन्दै दोलखा शैलुङ्गेश्वर गाविसकी एक महिलाले प्रमुख जिल्ला अधिकारीविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी  दिएकी छन् । गैरकानुनी ढङ्गले थुनामा राखेर आफूलाई अन्याय गरेको भन्दै दोलखा शैलुङ्गेश्वर गाविसकी प्रजिना बुढाथोकीले प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएकी छन् ।

श्रीमान विवाह दर्ता  गर्न नमानेको र नागरिकता नबनाई दिएकाले आफूले उनीबाट पाउनुपर्ने अधिकारका लागि सहयोग माग्दै जिल्ला प्रशासन कार्यालय दोलखामा न्याय माग्न गएकी दोलखा शैलुङ्गेश्वर गाविसकी प्रजिना बुढाथोकीलाई प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले वैशाख ९ गते सार्वजनिक अपराध अन्र्तगत प्रहरी हिरासतमा राखेका थिए ।
यो पनि पढ्नुहोस…

चैतको पहिलो साताबाट न्यायको लागि पटक पटक जिल्ला प्रशासन कार्यालय दोलखा पुगेकी बुढाथोकीलाई प्रजिअ शाहीले गालीबेईज्जती गरेको आरोपमा सार्वजनिक मुद्दा दर्ता गरी पाँच दिन हिरासतमा राखेका हुन् । बुढाथोकीलाई गालीबेईज्जती गरेको आरोपसहित हिरासतमा राखेका प्रमुख जिल्ला अधिकारीले उल्टै पीडितलाई माफी मगाएर  पाँच सय रुपैयाँ जरिवाना तिराई  रिहा  गरेका थिए ।

रिहा भए लगत्तै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएकी प्रजिनाले आफू न्याय माग्न जाँदा उल्टै थुनिनु परेकोले राज्यले समेत आफूलाई अन्याय गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा गएको बताइन् ।

न्याय दिने निकायले पीडितलाई झन बढी पीडा दिएकोले राष्ट्रिय मानव अधिकार आयोगले घट्नाको निष्पक्ष छानविन गरी आफूलाई न्याय दिने अपेक्षा गरेको प्रजिनाको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले भने आफ्नो कार्यक्षत्रमा नपर्ने विषयमा पटक पटक दवाव दिएको र प्रकृया नपुगी नागरिकता दिन नसकिने भन्दा गालीबेईज्जती गर्दै धम्की दिएकाले  मुद्दा चलाइ हिरासतमा राखेको दाबी गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: