श्रीमान जिवित हुँदा नागरिकताको आवश्यकता महसुस नगरेका दुर्गमका महिला अहिले सामाजिक सुरक्षा भत्ता पाउनबाट बन्चित हुँदै आएका छन् । अहिले उनीहरू समाजमा जान्ने, वुझ्ने र राजनीति गर्नेहरूलाई सामाजिक सुरक्षा भत्ता दिलाइदिन अनुरोध गर्छन् ।
विदुर आचार्य
सिन्धुपाल्चोक (भोताङ) । सामाजिक सुरक्षा भत्ता पाउनुपर्ने भोताङकी एकल महिला पेन घ्याल्मो तामाङसँग नागरिकता छैन । रोल्पा माइती भएकी तामाङले श्रीमान रहुन्जेल नागरिताको आवश्यकता ठानिनन्, श्रीमानको मृत्युपछि उनलाई नागरिता दिलाईदिने कोही भएन ।

पेन घ्याल्माे तामाङ
त्यस्तै भोताङ छिम्तीकी कान्छी तामाङका तीन छोरा छन् । ती मध्ये दुईजना विद्यालय उमेरका भईसके । तर, कान्छीका छोराहरूको न त जन्मदर्ता छ, न त कान्छीको नागरिता नै वनेको छ । पश्चिम पहाडवाट जीविकोपार्जनका लागि कान्छीका वुवाआमा दुवै भारतको हिमान्चल प्रदेशमा मजदुरी गर्न गएका थिए । अहिले ठ्याक्कै माइतीको पुरा विवरण समेत थाहा छैन ।
कान्छी मजदुरी गर्न सक्ने नहुँदै वुवाआमा गुमाइन् र उतै मजदुरी मै लागिन् । समय वित्दै जाँदा मजदुरी गर्न गएका भोताङका राजु तामाङसँग उनको भेट भयो र उनीहरूले त्यहीँ विवाह गरे ।
विवाह गरेको दशक वित्दा समेत नागरिता नवनाएकी कान्छीका श्रीमान गतसाल भूकम्पमा परी मृत्यु भएपछि कान्छी राज्यविहिन जस्तै भएकी छिन् । आउँदा दिन्मा उनको छोराहरूको पनि अवस्था उनको जस्तै नहोला भन्न सकिन्न ।
थाङपालधापकी शर्मिला नेपाली र सोही गाविसका लाटो दमाई दुवै एकै किसिमका शारीरिक अपाङ्ग हुन् । राज्यले यस्ता अपाङ्ग अशक्तका लागि पनि सामाजिक सुरक्षा भत्ता बितरण गर्ने गर्छ ।

कान्छी तामाङ
तर, उनीहरूले नागरिता नभएकै कारण सामाजिक सुरक्षा भत्ता पाउनबाट वन्चित छन् । उनीहरूको नागरिता वनाईदिने कोही छैन । समाजमा जान्ने, वुझ्ने र राजनीति गर्नेहरूलाई सामाजिक सुरक्षा भत्ता दिलाईदिन उनीहरूले सधैँ आग्रह गरिरहेको बताउँछन् । तर, उनीहरूको नागरिता बन्ने कुनै टुङ्गो छैन ।
भोताङकै छ्योमाई तामाङ एकल महिला हुन् । उनको साहरा कोही छैनन् । रोजगारीको शिलशिलामा सानैमा भारत पुगेकी उनको उतै नेपाली मजदुरसँग विवाह भयो । दुई छोरी भए । दुवैको उतै विवाह भयो ।
श्रीमान मजदुरी गर्दागर्दै विते । अनि उनी साहराविहीन भएर माइती गाँउ फिरिन् । उनको उमेर पनि बृद्धभत्ता पाउने भैसक्यो, तर नागरिता नभएकै कारण उनले पनि भत्ता लिन नसकेको बताइन् ।
जिल्लामा सामाजिक सुरक्षा भत्तामात्र नभई अन्य सुविधा पाउनवाट समेत थुप्रै महिला वञ्चित छन् । अंश दिनुपर्ने कारणले दोस्रो विवाह गरेका श्रीमानले अर्की श्रीमतीको नागरिता नवनाइदिने त सामान्य भैसक्यो ।
थाङ्पालधापकी रमादेवी पराजुली अपाङ्ग छिन् । उनको नागरिता त छ, तर अपाङ्ग परिचयपत्र भने वनेको छैन । नागरितामा पति वा पिताको नाम हुनुपर्ने हो, तर उनको नागरितामा भने दाजुको नाम भएकाले अपाङ्ग परिचयपत्र वनाउन नसकेको उनले बताइन् । जिल्लाको विकट तथा हिमाली भेगका नागरि भारतलगायत अन्य देशमा रोजगारीको शिलशिलामा जाने गरेकोले थप समस्या भएको हो ।
Comment Here!