फेरी आन्दोलन गर्ने बादी समुदायको चेतावनी


प्रकाशित मिति :2016-05-08 15:04:56

महिला खबर
काठमाडौं । बन तथा भूमिसुधार मन्त्रालयबीच भएको विवादका कारण बादी समुदायले जग्गा पाउन नसकेको भूमिसुधार राज्यमन्त्री बिक्रमबहादुर थापाले बताउनु भएको छ ।

शनिबार काठमाडौंमा भएको ‘बादी समुदायका समस्या र समाधानका उपाय’ कार्यक्रममा बोल्दै थापाले बादी समुदायलाई बसेको ठाउँमा जग्गा उपलब्ध गराउन पहल गर्नेे आश्वासन दिनुभयो । उहाँले बादी समुदायलाई उठिबास लगाउन नदिने भन्दै ‘तपाँईहरू जहाँ बस्नु भएको छ, त्यहीँ ठाउँमा स्थायी बसोबासको व्यवस्था राज्यले गर्नुपर्छ । यसको लागि म पहल गर्ने छु ।’

कार्यक्रममा संसदको सुशासन तथा अनुगमन समितिका सभापति मोहनसिंह राठौरले २०६४ सालमा सरकार र बादी समुदायबीच भएको सहमति कार्यान्वयन हुनुपर्ने बताउनुभयो । सरकारले २०६४ सालमा बादी समुदायसँग बादी अध्ययन कार्यदल गठन गरी उनीहरूको आर्थिक, सामाजिक, शैक्षिक र राजनीतिक अवस्था अध्ययनसहितका प्रतिवेदन तत्कालिन शान्ति मन्त्री जनार्दन शर्मालाई बुझाएको थियो । उक्त प्रतिवेदनको अहिलेसम्म सुनुवाई नभएको उनीहरूको भनाई छ ।

त्यसैगरी २०६५ साल पुस २३ गतेको मन्त्रीपरिषद्को बैठकले बाँच्नको लागि यौन पेशा गर्नुपर्ने बाध्यताबाट मुक्त गराई आय आर्जनसहित पुर्नस्थापना गर्ने भनेर गरेको निर्णय समेत  कार्यान्वयन नभएपछि आफूहरू फेरी काठमाडांै आउन बाध्य भएको उमादेवी बादीले बताउनुभयो ।

सरकारले बेवास्ता गरे फेरि आन्दोलन गर्ने भन्दै उहाँले भन्नुभयोे ‘४८ दिनसम्मको संघर्षपछि सरकारसँग भएको सहमति अझै कार्यान्वयन भएको छैन । अब फेरि आन्दोलनमा जान नपरोस ।’

 दुई सय सन्ताउन्न घरपरिवार रहेको बादी समुदायको समस्या राज्यको लागि ठूलो विषय नभए पनि राज्यले वेवास्ता गरेको उनीहरूले आरोप लगाएका थिए । हाल १६ जिल्लाका २ सय ५७ बादी समुदाय कैलालीको लम्की, चुहा नगरपालिकाको बल्चौरमा बसोबास गरिरहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: