महिला खबर
काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले व्यवस्थापिका–संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुनुभएकाे छ ।
संविधान जारी भएपछिको सरकारको पहिलो नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति भण्डारी नयाँ बानेश्वरस्थित संसद् भवन पुग्नुभएको हो ।
उहाँलाई बबरमहलबाट संसद् भवनसम्म बग्गीमा राखेर संसद भवन पुर्याइएको थियो । राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्ती, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री अग्निप्रसाद खरेल र सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई लगायतले स्वागत गर्नुभएको थियो ।
गत कात्तिक ११ गते राष्ट्रपतिमा निर्वाचित भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी सम्बोधन गरेको यो पहिलो अवसर हो । सरकारको नीति तथा कार्यक्रम बजेट अधिवेशनमा बजेट पेस हुनुपूर्व संसद्को बैठकमा राष्ट्रपतिले प्रस्तुत गर्ने व्यवस्था संविधानमा छ ।
संसद्मा उपराष्ट्रपति नन्दबहादुर पुन, कामु प्रधानन्यायाधीश सुशीला कार्की, मन्त्रीहरु, मुख्यसचिव, संवैधानिक अङ्गका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि तथा उच्चपदस्थ कर्मचारीी उपस्थित थिए ।
Comment Here!