महिलाको समान सहभागिता सुनिश्चत गर्न ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’


प्रकाशित मिति :2016-05-09 11:50:34

महिला खबर
काठमाडौं। सरकारले देशको आधा भन्दा बढी जनसंख्यालाई राष्ट्र निर्माणको हरेक तहमा समेट्न ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ सञ्चालन गर्ने भएको छ। आर्थिक वर्ष २०७३ / ७४ को नीति तथा कार्यक्रममा आधा भन्दा धेरै जनसंख्या रहेका महिलाका हक अधिकार सुनिश्चित गर्दै राष्ट्र निर्माणका हरेक तहमा समान सहभागिता सुनिश्चित गर्न यो कार्यक्रम सञ्चालन गर्न लागेको उल्लेख छ।

राष्ट्रपति विद्या भण्डारीले व्यवस्थापिका संसदमा आईतवार प्रस्तुत गुर्नभएको नीति तथा कार्यक्रममा भनिएको छ ‘राष्ट्र निर्माणका हरेक तहमा समान सहभागिता सुनिश्चत गर्न, नेपाली महिलाको आर्थिक उन्नति र प्रतिष्ठा तथा सम्मान प्रर्वद्धन गर्न राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालन गरिने छ।’

कार्यक्रममा चेलीबेटी बेचविखन र सामाजिक प्रताडनाको अन्त्य गर्दै महिलाहरूको आत्मसम्मान र आर्थिक सामाजिक रुपान्तरणमा योगदान बढाउने गरी कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।

हरेक ठाउँमा महिला शौचालय

कार्यक्रमले सार्वजनिक स्थान, कार्यालय र विद्यालयहरूमा अनिवार्य रुपमा महिला शौचालय हुनुपर्ने व्यवस्था गर्ने भनेको छ।

स्वास्थ्य सवयंसेविकाको भत्ता बृद्धि गरिने

नीति तथा कार्यक्रमको ८७ आैं बुँदामा महिला स्वास्थ्य सवयंसेविकाको सामाजिक योगदानको कदर गर्दै उनीहरूलाई दिईंदै आएको प्रोत्साहन खर्च बढाउने र उनीहरूलाई सामाजिक सुरक्षाको दायरमा ल्याइने उल्लेख छ। स्वास्थ्य सेवामा स्वयंसेवी संस्थाहरूलाई उत्प्रेरित गरिने पनि भनिएको छ।

प्रत्येक नागरिकलाई राज्यवाट आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने र स्वास्थ्य सेवामा समान पहुँच हुने मौलिक हकलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहने उल्लेख छ। निःशुल्क आधारभुत स्वास्थ्य सेवा, औषधी वितरण, मातृ तथा नवजात शिशु, वाल स्वास्थ्य, प्रजनन् तथा सुरक्षित मातृत्वमा जोड दिइने छ। सुनौला हजार दिन कार्यक्रमलाई सघनरुपमा अघि बढाइनुका साथै सघन आकस्मिक प्रसूति सेवा र नवजात शिशु सेवालाई देशैभरि विस्तार गरिने कार्यक्रममा उल्लेख छ।

महिला बालबालिका तथा जेष्ठ नागरिकका लागि सामाजिक सुरक्षा कायक्रमहरू सन्चालन गरिने छ। जेष्ठ नागरिक दिर्घसेवा सम्मान तथा स्वास्थ्य विमा कार्यक्रम सुर गरिने कार्यक्रमले समेटेको छ। नीति तथा कार्यक्रममा परम्परागत सामाजिक कुरीति र कुप्रथाविरुद्ध अभियानलाई निरन्तरता दिइने भनिएको छ। पूर्ण अशक्त र अपाङ्गता भएका व्यक्तिको परिवारको एकजना सदस्यलाई हेरचाह सम्बन्धि र रोजगारमूलक तालिम दिइने छ। याेगमायाका नाममा अायुर्वेद विश्वविद्यालय स्थापनाकाे काम सुरु गर्ने  नीति तथा कार्यक्रममा उल्लेख छ ।

राष्ट्रपतिद्वारा संसदमा प्रस्तुत सरकारकाे १ सय ३८ बुँदे नीति तथा कार्यक्रमले  एक घर एक राेजगार,युवाहरुकाे उद्यमशीलता  विकास गरी युवा स्वराेजगार कार्यक्रम, शैक्षिक प्रमाणपत्रको अाधारमा  निर्व्याजी शैक्षिक ऋण उपलब्ध गराउने,  बेराेजगार युवाहरूलाई शैक्षिक प्रमाणपत्र धिताे राखी  परियाेजना प्रस्तावका अाधारमा सहुलियतपूर्ण ऋण उपल्ब्ध गराइनेलगायतका कुरा समेटिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: