बलात्कार आरोपमा जेल परेका इजरायली पुर्वराष्ट्रपति माफी खोज्दै


प्रकाशित मिति :2016-05-09 13:52:51

महिला खबर

एजेन्सी। इजरायलका पुर्व राष्ट्रपति मोसे केटसभ बलात्कार तथा यौनजन्य हिंसाको आरोपमा जेलमा रहेका छन् ।  उनले आफ्नो अपराधको लागि राष्ट्रप्रमुखसँग माफी मागेको वर्तमान राष्ट्रपति रेउभेन रिभलिन्सको कार्यालयले जनाएको छ।

पुर्व राष्ट्रपति केटसभले हिजो मात्रै माफीका लागि अनुरोध गरेका थिए।

केटसभले बलात्कार, यौनजन्य हिंसा तथा न्यायमा बाधा पुर्या्एको आरोपमा सन् २०११ मा  सात वर्षका लागि जेल सजाय पाएका थिए ।
जमानी बोर्डले गत महिनामा केटसभले आफ्नो अपराधको कुनै पश्चाताप नदेखाएको र पीडितप्रति कुनै सहानुभुति नदेखाएको भन्दै उनको छिटो रिहाइ सम्बन्धि निवेदनलाई अस्विकार गरेको थियो।

केटसभ सन् २००० मा इजरायल राष्ट्रपतिमा निर्वाचित भएका थिए र २००७ मा आरोप लागेपछि पदबाट राजीनामा दिएका थिए।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: