नीति तथा कार्यक्रम बारे के भन्छन् महिला?


प्रकाशित मिति :2016-05-09 16:00:33

महिला खबर
राजनीतिकर्मी र महिला अधिकारवादीले सरकारले आईतवार ल्याएको नीति तथा कार्यक्रमले महिला विषय जसरी संवोधन गर्नुपथ्र्यो त्यसरी नगरेको प्रतिक्रिया दिएका छन् । नीति तथा कार्यक्रमको विषयमा महिलाखबर डट कमसँग कुरा गर्दै  उनीहरूले  यस्तो प्रतिक्रया दिएका हुन् ।

महिलालाई परनिर्भरता हटाउने कार्यक्रम आएन: पुष्पा भुषाल, नेता नेपाली काँग्रेस

पुष्पा भुसाल

पुष्पा भुसाल

राष्ट्रपति महिला उत्थान कार्यक्रम त छ, तर यो कसरी आउँछ त्यसमा भर पर्छ । महिलालाई केन्द्रविन्दु बनाएर कुनै कार्यक्रम आएन । सामाजिक आर्थिक सबलिकरणका लागि कार्यक्रम आउनु पर्ने । जवसम्म महिला आर्थिकरुपमा सक्षम हुँदैनन्, तवसम्म उनीहरूमाथि हिंसा भइरहन्छ । महिलालाई ऋण दिने, सीप विकास कार्यक्रम आउनुपर्ने । कोही पढेका छन्, कोही नपढेका ।  दुवैवर्गका महिलालाई परनिर्भरता हटाउने कार्यक्रम आएन । परनिर्भरताले हिंसा बढेको हो । यसको समूल अन्त्यका लागि ‘स्पेशल प्याकेज’ आएन ।

शर्मिला कार्की

शर्मिला कार्की

महिलाका लागि देखिने गरि कार्यक्रम आएन : शर्मिला कार्की, अधिकारकर्मी
समग्रमा सरकारको नीति तथा कार्यक्रम महिलाअनुकूल छैन भन्न त मिल्दैन, तर महिलाको लागि एक/दुईवटा कुरा संबोधन नै गरेर आएको भए अझ राम्रो हुन्थ्यो । भूकम्प पीडित  महिला र पुरुषलाई समान रोजगारीको कुरा छ, तर बजेट भएर काम अगाडि बढेपछि मात्र उनीहरूले पाउँछन् ।

राष्ट्र सम्बृद्धिका  लागि नीति तथा कार्यक्रमले संबोधन गरेको छ, तर महिलाका लागि देखिने गरी आएन । कार्यक्रम आउनुअघि हामीले अर्थमन्त्रालयमा केही बुँदा बुझाएका पनि थियाैं । धेरै महिला सहकारीमा आवद्ध छन् । उनीहरूको आयआर्जनका लागि कर छुट जस्ता सहुलियत दिने कार्यक्रम आओस भन्ने आश थियो । कार्यक्रम जनमुखि भएपनि महिलालाई नै तोकेर आएन ।

अन्जना बिसङ्खे

अन्जना बिसङ्खे

महिलालाई छुने कार्यक्रम आएनः अञ्जना विसंखे, नेता, नेकपा एमाओवादी
यसपटकको नीति तथा कार्यक्रमले महिलालाई खासै छोए जस्तो लागेन । कार्यक्रमले बालिका शिक्षा, प्राविधिक शिक्षामा जोड दिएको छैन् । धेरै पुरुष विदेशमा र गाउँमा महिला छन् । उनीहरूले सहकारीदेखि विभिन्न समूह चलाएका छन्, उनीहरूलाई संबोधन गरिएको छैन । जागिरे महिलाको संख्या बढेको छ । तिनका बच्चाका लागि शिशुस्याहार केन्द्रको कुरा उठेन ।

महिलाको आत्मसुरक्षाको लागि सहयोग गर्ने, पाठेघर खस्ने समस्या बढ्दो छ, महिला स्वास्थ्यको कुरा उठेन । हिंसामा परेपछि उनीहरूको लागि गएर बस्ने ठाउँ छैन त्यसैले सहेर बस्छन् । पुर्नस्थापना केन्द्र बनाउनको लागि पहल गर्नुपर्ने । मधेशमा सांस्कृतिक र राजनीतिकरुपम महिला पछाडि छन् । उनीहरूलाई कसरी घुम्टो र दाइजोबाट निकाल्ने । एकल, दलित महिलाको विषय संवेदनशिलरुपमा नीति कार्यक्रम आएको छैन ।

रन्जु झा

रन्जु झा

कार्यक्रम महिला बालबालिका मैत्री छ : रञ्जु कुमारी झा, सांसद

नीति तथा कार्यक्रमले सम्बोधन गरेको शिक्षा क्षेत्र अन्र्तगतका कार्यक्रम महिला बालबालिकामैत्री छ । यसको चुनौती भनेको बजेट कसरी निर्धारित हुने त्यसमा भर पर्छ ।

महिला, दलित जनजाति, स्वंयमसेविका सवैलाई संबोधन भएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमले समग्र महिलालाई समेटेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: