दुर्गम पहाडी जिल्लामा रगतको अभाव हुँदा सुत्केरी चरम समस्यामा


आफन्त रगत दिन मान्दैनन्

प्रकाशित मिति :2016-05-10 11:39:41

प्रकाश सिंह

बाजुरा । गत आईतवार राति १२ बजे आटीचौर ८ नैनाकी ३० वर्षीया दिर्घा चदाँरा जिल्ला अस्पताल बाजुरामा भर्ना हुनुभयाे । उहाँको रगतमा हेमोग्लोबिनको मात्रा १.५ रहेको थियो । घरमै बच्चा जन्माएकी चदाँरालाई साल नझरेपछि आटीचौर स्वास्थ्य चौकी लगिएको थियो । ६ दिनपछि त्यहाँ साल झिकेको भएपनि रगत अभावमा उपचार सम्भव नभएपछि जिल्ला अस्पताल बाजुरामा रिफर गरिएको थियो ।

अस्पतालमा पुर्‍याउँदा शरीरमा रगतको कमीले चदाँरा बेहोस हुनुहुन्थ्यो । उहाँलाई ‘ए’ पोजेटिभ रगत  चाहिईएको थियो । रक्त संचार केन्द नहुँदा उहाँले रगत सहजै पाउने अवस्था थिएन । रातीनै रगतका लागि सबै तिर गुहार गरेर रगत खोजेको स्त्री रोग विशेषज्ञ डा. राजन न्यौपाने  वताउनुहुन्छ ।

दुर्गम जिल्लाका अस्पतालमा सुत्केरी वा अरु विरामीलाई रगत चाहिएकामा  सेना प्रहरी र अस्पताल कै कर्मचारीलाई सवैभन्दा पहिला हारगुहार गरिन्छ ।

चदारालाई ७ पोका रगत दिइसकेको डा न्यौपाने बताउनुहुन्छ । उहाँलाई जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख दल बहादुर बोगटीले समेत रगत दिनुभएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय बाजुराका कर्मचारी मान बहादुर हमाल सुत्केरी महिलालाई रगत दिँदै

जिल्ला स्वास्थ्य कार्यालय बाजुराका कर्मचारी मान बहादुर हमाल सुत्केरी महिलालाई रगत दिँदै

गतहप्ता  जगन्नाथ ३ बस्ने २२ वर्षीया बसन्ती बिष्ट र  बडीमालिका ९ बस्ने ३४ वर्षीया शारदा बिक पनि प्रसूति व्यथा लागेर अस्पतालमा आए  । उनीहरू दुबैजनाको शरीरमा रगतको कमी थियो । दुईदिनदेखि उनीहरूका आफन्तले  कतैबाट रगत जुटाउन सकेनन् । रगत नपाएपछि पहिला अस्पताल के स्त्री तथा प्रसूति रोग विशेषज्ञ राजन न्यौपाने आफैँले रगत दिनुभयो अनि  अन्य स्वास्थ्यकर्मीलाई रगत दिन तयार पार्नुभयो । अस्पतालका कर्मचारीले रगत दिएपछि उनीहरूलाइ बचाउन सफल भएको अहेब टेक बहादुर खड्का वताउनुहुन्छ  । यस्तो बेला विरामी वा सुत्केरी र गर्भवतीसँगै आएका आफन्तले रगत दिन  मान्दैनन् । चेतनाको कमीका कारण  स्थानिय रक्तदान गर्न नमान्ने खड्का बताउनुहुन्छ ।

बाजुरामा आकस्मिक रक्तसञ्चार केन्द्र दुई ठाँउमा छ । तर रगत पाइदैन । यसले गर्दा सवैभन्दा धेरै सुत्केरीलाई निकै समस्या हुँदै आएकोे जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डा. मोहन नाथ बताउनुहुन्छ  ।

जिल्ला स्वास्थ्य कार्यालयमा आवश्यक परेको बेला रगत नपाएर आकस्मिक प्रसूति सेवा समेत दिन समस्या भएको छ । आकस्मिक रक्तसञ्चार भएपनि चाहिएका बेला रगत दिने कोही भेटिँदैनन् । अर्कोतिर रगत समूह समेत नमिल्ने गरेको अस्पतालले जनाएको छ ।

सुत्केरीका लागि रगतको निकै खाँचो हुने गरेको छ, रगत दिने खोज्दै बजार र सरकारी कार्यालय धाउने गरेका छौ डा. पोखरेलले वताएका छन् ।  रगत दान गर्नु पर्छ भन्ने मानसिकता नभएकाले बिरामीका आफन्त रगत समेत दिन नमाने गरेको उनले वताए ।

रगत नपाएर उपचारमा समस्या भएको र रगत जुटाउन सास्ति ब्यहोर्नु परेकाले  जिल्लामा भएका रक्तसञ्चार केन्द्रमा रगतको व्यवस्था अति नै जरुरी भएको जिल्लावासीको भनाइ छ  । आकस्मिक रक्तसञ्चार केन्द्र जिल्ला स्वास्थ्य कार्यालय र टाटे स्वास्थ्य चौकीमा रहेको छ ।

यो पनि पढ्नुस्…..

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: