आफ्नै पौरखले दियो खुसी


प्रकाशित मिति :2016-05-10 12:17:25

सर्मिला बुढाथोकी  
दोलखा । उमेरले सात दशक नाघ्यो । तर, जाँगर घटेको छैन ।  काब्रे गाविसकी ७० वर्षीया सूर्यकुमारी वस्नेत व्यवसायिक पशुपालनमा लागेकी छन् । यो उमेरमा यो व्यवसायमा लाग्न उनलाई जाँगर थपिदिने संस्था हो भविष्य निर्माण बचत तथा ऋण सहकारी संस्था ।

पशुपालन व्यवसायमा व्यस्त सूर्यकुमारी वस्नेत ।

पशुपालन व्यवसायमा व्यस्त सूर्यकुमारी वस्नेत ।

काब्रे गाविसमा महिलाका लागि महिलाले नै स्थापना गरेको भविष्य निर्माण बचत तथा ऋण सहकारी संस्थाबाट ऋण लिएर पशुपालन व्यवसाय सुरु गरेकी वस्नेतले अहिले मासिक २० हजार रुपैयाँ भन्दा बढी आम्दानी गरेको बताइन् । ‘यो उमेरमा आफ्नै घरमा बसेर आफ्नै पौरखमा आम्दानी गर्दा निक्कै खुसी लाग्दोरहेछ’ – वस्नेतले भनिन् ।

ग्रामीण महिलालाई सस्तो व्याजदरमा ऋण दिई  उनीहरूलाई आर्थिक रुपमा शसक्त बनाउने उद्देश्यका साथ सुरु भएको यो सहकारी संस्थाका कारण अहिले वस्नेत जस्ता धेरै ग्रामीण महिला आत्मनिर्भर बन्ने बाटोमा लागेका छन्  ।

भविष्य निर्माण बचत तथा सहकारी संस्थाको संस्थापक सदस्य समेत रहेकी बस्नेत भन्छिन् – ‘आफूले गरेको कामबाट अरु महिलाले  सिको गरे भने आत्मनिर्भर हुन सक्छन् भन्ने लागेर यो उमेरमा पनि पशुपालन व्यवसाय सुरु गरेकी छु ।’ सहकारीबाट लिएको दुई लाख रुपैयाँ ऋणले होलिस्टन नामको विकासे गाई र एउटा भैँसी किनेर दुध उत्पादन र विक्री वितरण गरी मासिक आम्दानी हुने २० हजार रुपैयाँले घर व्यवहार सञ्चालनमा निकै सहज भएको वस्नेतको अनुभव  छ ।  तर, अझै बजारको माग अनुसार उत्पादन गर्न नसकेको उनी बताउँछिन् ।

 ‘आत्मनिर्भर हुन  आँट गर्नुपर्छ’ बस्नेत भन्छिन्– ‘मेहनती हातलाई विदेश जान जरुरी छैन ।’

फेन्सी पसलमा कमल कुमारी कार्की ।

फेन्सी पसलमा कमल कुमारी कार्की ।

दोलखा काबे्र गाविस स्थित मैनापोखरीकी कमलकुमारी कार्की पनि उक्त सहकारीमा आवद्ध छन् । उनले आफ्नै सहकारीबाट ऋण लिएर व्यवसाय सञ्चालन गरेकी छन् । उनले १ लाख रुपैयाँ ऋण र आफूसँग भएको पैसा लगानी गरी पाँच वर्षदेखि फेन्सी व्यवसाय गरिरहेकी छन् । लगानी अनुसारको आम्दानी गर्न पाउँदा  निक्कै सन्तुष्ट रहेको उनी बताउँछिन्  ।

मासिक ४० देखि  ४५  हजार रुपैयाँ आम्दानी भइरहेको  कार्कीले बताइन् । ‘पारिवारीक खर्चका लागि श्रीमान्को मुख ताक्नु पर्दैन’ कार्की भन्छिन् ।  साना लगानीकर्तालाई ऋण लिन सहज हुने भएकोले सहकारीको आडमा व्यवसाय शुरु गरेको र यसले छोराछोरीको पढाई र घर खर्चको ठुलो चिन्ता अहिले हटेको उनी बताउँछिन् । तीन लाख रुपैयाँले फेन्सी व्यवसाय शुरु गरेर अहिले १५ लाख रुपैयाँ बराबरको  सामान पसलमा रहेको कार्कीले बताइन्  ।

२०५२ सालमा तीन जना महिलाले सुरु गरेको भविष्य निर्माण सहकारी संस्थामा अहिले १ हजार एक सय तीनजना महिला सदस्य आवद्ध  रहेको व्यवस्थापक गोमा बस्नेतले जानकारी दिइन् । उनका अनुसार दोलखाको काब्रे र नाम्दु गाविसका महिला सहकारीमा आवद्ध छन् ।

तीन लाख रुपैयाँसम्म ऋण दिने सहकारीको नियमानुसार अहिले होटल, पसल, तरकारी खेती, पशुपालनलगायतका व्यवसायमा  लगानी गरिएको बस्नेतको भनाई छ । उनका अनुसार सहकारीमा हाल कुल पुँजी २ करोड ३ लाख रुपैयाँ रहेको र यसमध्ये  १ करोड ८० लाख रुपैयाँ ऋण लगानी गरिएको  छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: