आत्महत्या गर्ने पुरुष बढी


आत्महत्याको प्रयास गर्नेमा महिला बढी

प्रकाशित मिति :2016-05-11 12:48:15

दुर्गा देवकोटा

टीकापुर । इलाका प्रहरी कार्यालय टीकापुरमा तीन वर्षको अवधिमा ५० जना महिलाले आत्महत्या गरेको तथ्यांक छ ।इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख तथा प्रहरी नायव उपरीक्षक गौतम मिश्रले  घरेलु हिंसा, अपहेलना, अनमेल विवाह, दाइजो, बोक्सीको आरोप जस्ता कारणले आत्महत्या गरेको बताउनुभएको छ ।

प्रहरी नायव उपरीक्षक मिश्रले महिलाको आत्महत्याको अवस्था र न्यूनिकरण विषयक टिकापुरमा आयोजित अन्र्तक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै  यो तथ्याकं सार्वजनिक गर्नुभएको हो । उहाँले सामाजिक, शारीरिक, राजनैतिक कारणले समाजमा आत्महत्याका घटना हुने गरेको प्रहरीमा आएका घटनामध्ये बढी सामाजिक कारणले भइरहेको बताउनुभयो ।

प्रहरीको तथ्यांकमा महिलाको तुलनामा आत्महत्या गर्ने पुरुषको संख्या बढी छ । तीन वर्षको अवधिमा एकसय ६ जना पुरुषले आत्महत्या गरेको अभिलेख आफूहरूसँग रहेको मिश्रले जानकारी दिनुभयो । तर, आत्महत्याको प्रयास गर्ने महिलाको संख्या भने धेरै रहेको उहाँको भनाइ थियो । टीकापुर अस्पतालमा २०६७ सालदेखि हालसम्म आत्महत्या गर्न विष सेवन गरी उपचारमा आएका महिला दुई सय ७८ जना छन् भने पुरुष एक सय ६० जना रहेका छन् ।

आत्महत्याका घटना न्यूनिकरण गर्न प्रहरी, सामाजिक संघसंस्था, परिवार, अभिभावक, समाज र सरकार जिम्मेवार बन्नुपर्ने कार्यक्रमका सहभागीले बताए  । उनीहरूले आत्महत्या न्यूनिकरण गर्न जनचेतना फैलाउन र त्यस्ता व्यक्तिलाई परामर्शको आवश्यकता रहेको बताएका थिए । साना साना समस्या लिएर आउने सेवाग्राहीलाई  समेत गम्भिरताका साथ सहयोग गर्न प्रहरीलाई सहभागीले अनुरोध गरेका छन् ।
कार्यक्रम ओरेक नेपाल धनगढी कैलालीको आयोजना तथा इलाका प्रहरी कार्यालय टीकापुरको सह आयोजनामा भएको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: