हिंसा पीडित महिलाका लागि सुरक्षित आवास बनाउन तात्यो पर्वत


आवास बनाउन एक करोड २० लाख रुपैयाँ आवश्यक

प्रकाशित मिति :2016-05-12 11:15:25

महेन्द्र केसी
पर्वत । समाज र परिवारबाट पीडित र अपहेलित भई बाँच्न विवश महिलाका लागि पर्वतमा सुरक्षित आवास (सेल्टर) बन्ने भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतकी प्रहरी नायव उपरिक्षक गंगा पन्तको विशेष पहलमा स्थानीय सरोकारवाला निकायले साथ दिएपछि एक करोड २० लाख रुपैयाँको लगानीमा महिला तथा बालबालिकाका लागि आश्रयस्थल तथा सेल्टर निर्माण हुने भएको हो।

सुरक्षित आवास निर्माणका लागि विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था, क्लबले यतिबेला आर्थिक संकलन लाई तिब्रता दिएका छन् । १२ कोठा र हलसहितको निर्माण हुने भनिएको तीन तले भवन निर्माणको लागि एक करोड २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

उक्त सेल्टर निर्माणको खर्च जुटाउन प्रहरी नायव उपरिक्षक पन्त लागी परेकी छिन् । हालसम्म २८ लाख रुपैयाँ  संकलन भएको जानकारी  पन्तले दिएकी छन् ।  जिल्ला विकास समिति पर्वतले अभियानमा साथ दिँदै १० लाख रुपैयाँ सहयोग गर्ने बचन दिएको छ भने कुश्मा नगरपालिकाले पनि ५ लाख सहयोग गर्ने प्रतिबद्धता गरेको छ ।

त्यस्तै अन्य संघसंस्था र व्यक्तिबाट आर्थिक संकलन जारीछ । शारिरीक, मानसिक, बौद्धिक र संवेगात्मक रुपमा हिंसामा परेका बालबालिकालाई संरक्षण गरी राख्ने भवन नहुदाँ महिला प्रहरीको कोठामा राख्नुपर्ने बाध्यता भएको र अब सेल्टर निर्माण सम्पन्न भए लगत्तै यस्तो समस्या पनि समाधान हुने प्रनाउ पन्त बताउँछिन् ।

उक्त सेल्टर बडागाउँको नारी शिल्पकला केन्द्रको नजिक रहेको सार्वजानिक जग्गामा बनाइने भएको छ ।  आवश्यक परे उक्त केन्द्र तथा संस्थाको नाममा रहेको जग्गा पनि उपभोग गर्ने बताइएको छ । सेल्टर निर्माण  यतिबेला कुश्मा बजारमा बहसकोविषय बनेको छ । पर्वत जिल्लामा अन्याय तथा पीडामा परेका महिलाको सुरक्षाको लागि सेल्टरको आवश्यकता महसुस प्रनाउ पन्तले गरेपछि सेल्टरको आवश्यकतालाई बहसको विषय बनाई निर्माणको वातावरण तयार गरेकी हुन् ।

त्यसमा प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले पनि सरोकारवाला निकायसँग समन्वय गर्नको लागि दिशानिर्देशन दिए र सोही अनुसार अभियानले तिब्रता पाएको छ। सेल्टर निर्माणको लागि हातेमालो गर्न सांसद देखि संघसस्था हुदै व्यक्तिसम्म जाग्न थालेका छन् ।

प्रनाउ पन्तले नेपाल सरकारले आफ्नो पारिश्रमिक स्वरुप दिने एक महिनाको तबल बराबरको रकम उक्त सेल्टर निर्माणमा सहयोग गर्ने बताएकी छन् ।   सेल्टर निर्माणको लागि सरकारी तथा निजामति कर्मचारीबाट सहयोग गर्नेमध्येमा पनि उनी पहिलो बनेकी छिन् । सरकारकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुखहरूले सेल्टर निर्माणको लागि हातेमालो गर्ने बचन दिएका छन् ।

सेल्टर निर्माण कार्यलाई प्रभावकारी गराउन  र तोकिएको समयमै निर्माण सम्पन्न गर्न लोकनाथ आचार्यको संयोजकत्वमा २९ सदस्यीय समिति बनाइएको छ । समितिको उपाध्यक्षमा मानकुमारी गिरी, सचिवमा दुर्गा पाण्डे पन्त, कोषाध्यक्षमा कमलनाथपोख्रेल, सहसचिवमा टंक लामिछाने रहेका छन् ।

त्यसैगरी अन्य सदस्यहरुमा राजु पौडेल, होम नारायण श्रेष्ठ, बलराम कर्मचार्य, हिम बहादुर क्षेत्री, रामचन्द्र जोशी, गोविन्द पहाडी, सरस्वती जिज्ञासु, सरस्वती भण्डारी, तुप्ला शाक्य, अच्युत तिवारी रहेका छन् । त्यसैगरी भोलानाथ शर्मा, तोयानाथ चालिसे, सिता केसी, विषम श्रेष्ठ, सरिता भण्डारी सरु, शंकर गिरी रहेका छन् । अन्यमा  पत्रकार महासंघ, पर्वत उद्योग बाणिज्य संघ, नेपाल बार एशोसियसन, इन्सेक, गैसस महासंघ, गैसस महासंघ लोकतान्त्रिक,संचारिका समूह, नागरिक सचेतना केन्द्रका प्रमुख तथा प्रतिनिधि सदस्य हुने बताइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: