महिला खबर
सिन्धुपाल्चोक । पछिल्लो समय महिलामाथि हुने हिंसाविरुद्ध उजुर गर्नेको सङ्ख्या बढेकोले हिंसा बढेजस्तो देखिएको प्रमुख जिल्ला अधिकारी गोकर्णमणी दवाडीले वताउनु भएको छ । सरकारी तथा गैह्र सरकारी संस्थाको अग्रसरता तथा नागरिकमा वढेको चेतनाको कारण घटना दर्ताको क्रम वढेको उहाँले प्रष्ट पार्नुभयो ।
जूरी नेपाल, मानव अधिकार संञ्चार प्रतिष्ठान नेपाल र संञ्चारिका समूहको संयुक्त आयोजनामा मंगलवार सदरमुकाम चौतारामा भएको न्यायमा पहुँच परियोजना सार्वजनीकिकरण कार्यक्रममा वोल्दै प्रजिअ दवाडीले ग्रामिण क्षेत्रमा कार्यरत संस्थाको समन्वय वढेको खण्डमा नागरिकको न्यायमा पहुँच थप वढ्ने विश्वास ब्यक्त गर्नुभयो ।
सोही कार्यक्रमा वोल्दै प्रहरी उपरीक्षक रविन्द्र केसीले सरोकारवालाहरुको जस लिने होडवाजीका कारण न्यायमा पहुँच बृद्धि भन्दा पनि प्रचारमा लागेकोमा चिन्ता ब्यक्त गर्नुभयो । ‘सामान्य मनमुटावलाई मुद्दा नवनाआंै, जघन्य अपराधमा मिलापत्र नगरौं’ उनले वलात्कारको मुद्दा समेत मेलमिलापवाट टुङ्ग्याइनुले हिंसा वढ्ने जिकिर गर्दै जघन्य अपराधलाई कानुनी दायरासम्म ल्याउन आग्रह गर्नुभयो ।
घटना दर्ता, कारवाही गरी पीडितलाई न्याय दिलाइदिए पछि पनि थप पीडा भोग्ने क्रम यथावत रहेको महिला तथा वालवालिका कार्यालय अधिकृत सन्ध्या रोश्वरी सिंहले बताउनुभयो । हिंसापस्सडत महिलालाई राख्न सुरक्षित आवासको आवश्यकता भएको भन्दै उहाँले भन्नुभयो, ‘हामी सरोकारवालाले पीडितलाई न्यायको पहुँचसम्म पुर्याँउछौ, घर फर्कनेवेला प्रतिवादीकै जिम्मामा पठाउँछौ र उसको अवस्थावारे वास्ता गर्दैनौँ । जवसम्म यो क्रम चलिरहन्छ, न्यायिक निकायसम्म पुगेर पनि हिंसा खेप्नुको विकल्प रहन्न ।’
जिल्लाभरका सरोकारवाला उपस्थित उक्त कार्यक्रममा आयोजक संस्थाहरूको आगामी कार्यक्रम, नीति तथा वजेट प्रस्तुत गरिएको थियो ।
Comment Here!