जुम्लामा गर्भवतीले एचआइभी जाँच गराउने चलन बढ्दै


प्रकाशित मिति :2016-05-12 12:54:24

रमेश रावल
कालिकोट । जिल्लाका १ हजार ६ सय ३४ जना गर्भवती महिलाले एचआइभी संक्रमण सम्बन्धी रगत परिक्षण गराएको जिल्ला स्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ ।

नेपाल सरकारले लागु गरेको आमाबाट बच्चामा सर्ने एचआइभी रोकथाम तथा संक्रमण सम्बन्धी कार्यक्रम अन्र्तगत जुम्लाका गर्भवती महिलाले रगत परिक्षण  गराएका हुन् । एचआइभी संक्रमण भए नभएको परिक्षण गराएका १ हजार ८ सय गर्भवतीमध्ये कुनैमा पनि एचआईभीको संक्रमण नभेटिएको जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका बरिष्ठ अहेब तथा एचआईभी एड्स तथा यौन रोग सम्पर्क व्यक्ति क्षेत्रबहादुर महतले बताए ।

‘स्वास्थ्य  संस्थाबाट ९ सय ५६ र जिल्लाको डिल्लीचौर, कुडारी र सिंजा क्षेत्रमा ६ सय ७८ जना गर्भवतीको एचआइभी संक्रमण सम्बन्धी रगत परिक्षण गरिएको थियो’ उनले भने–‘तिनीहरूमध्ये कसैलाई  पनि एचआइभी संक्रमणको लक्षण भेटिएन् ।’

युनिसेफ नेपालको आर्थिक सहयोगमा नेपाल सरकारले यो कार्यक्रम देशभरका स्वास्थ्य संस्थामा संचालन गरिरहेको छ । नेपाल सरकारले आमाबाट बच्चामा सर्न सक्ने एचआईभी संक्रमणको रोकथाम गर्ने उद्देश्यले यो कार्यक्रम लागु गरेको हो ।

जिल्लामा रहेका ३१ वटा स्वास्थ्य संस्था तथा एमसिएच क्लिनिक र कर्णाली स्वास्थ बिज्ञान प्रतिष्ठान जुम्लामा गर्भवती महिलाको एचआइभी संक्रमण सम्बन्धी रगत परिक्षण भईरहेको जिल्ला सवस्थ्य कार्यालय जुम्लाले जनाएको छ ।

गर्भवती महिलालाई गर्भावस्थामा नै एचआइभी संक्रमण सम्बन्धी रगत परिक्षण गर्न समेत कार्यालयले आग्रह गरेको छ । आमा एचआईभी संक्रमित भएमा संक्रमित आमाबाट जन्मने बच्चा पनि संक्रमित भई अकालमा मुत्यु हुनबाट बचाउन गर्भावस्थामै आमाको रगत परिक्षण गर्नुपर्ने एमसिएच क्लिनिक जुम्लाका अनमी हिमाली खत्रीले बताइन् । ‘गर्भ अवस्थामै आमा संक्रमित छन् भन्ने थाहा भयो भने  आमालाई  एआरटी दिन शुरु गरेमा बच्चालाई अकालमा मुत्यु हुनबाट बचाउन सकिने सकिन्छ ।’ उनले भनिन् ।

एमसिएच क्लिनिकमार्फत हालसम्म १ सय ६४ गर्भवती महिलाको एचआईभी संक्रमण सम्बन्धी रगत परिक्षण गरिएको जनाइएको छ । पहिले  एचआईभी संक्रमण सम्बन्धी रगत परिक्षण गर्नुपर्छ भन्दा महिला डराउँथे, तर एचआईभी परिक्षण सम्बन्धी जानकारी पाएपछि अहिलेभने स्वयंम् एचआईभी संक्रमण सम्बन्धी रगत परिक्षण गर्छु भनि आउने गरेको खत्रीले बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: