महिला खबर
दोलखा । महिला तथा बालिकालाई न्यायमा पहुँच पुर्याउन सरोकारवाला निकाय, राजनैतिक दल तथा विभिन्न संघ संस्थाको प्रतिबद्ध हुनुपर्ने एक कार्यक्रमका सहभागिले बताएका छन् ।
महिला र बालबालिकालाई के कस्ता गतिविधिबाट न्यायको पहुँचसम्म पुर्याउन सकिन्छ भन्ने उदेश्यले मानव अधिकार प्रतिष्ठान नेपाल इह्रिकन,न्याय तथा अधिकार संस्था नेपाल जुरी र सञ्चारिका समूहको सहकार्यमा सरोकार निकायसँग छलफल गर्न मगंलवार दोलखा सदरमुकाम चरिकोटमा आयोजित ‘महिला हिंसा विरुद्ध ३६५ दिने अभियान’ न्यायमा पहुँच परियोजना सार्वजनीकिकरण कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।
कार्यक्रममा महिला र बालिकालाई न्यायको पहुँचसम्म कसरी पु¥याउन सकिन्छ, सरकारी कार्यलयबाट प्रदान हुने सेवा सुविधाको जानकारी कसरी पाउन सकिन्छ, निःशुल्क कानुनी परामर्श कसरी लिने, नमुना मुद्दामा पीडितलाई सहयोग गरी न्यायको लागि सरकारी निकायसम्म कसरी पुर्याउनेलगायतका विषयमा जानकारी गराइएको थियो ।
Comment Here!