महिला खबर
काठमाडौं । अन्तर्राष्ट्रिय नर्स दिवस आज बिभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसका अवसरमा आज राजधानीमा र्यालीकाे आयोजना गरियो । र्यालीपछि आयोजित सभामा बोल्दै स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले सबै जनतामा स्वास्थ्य सेवाको पहुँच सहज बनाउने सरकारको नीतिअनुसार नर्सिङ सेवालाई सुधार र परिमार्जन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सुरक्षित कार्यस्थल, रोजगारीको व्यवस्था, गुणस्तरीय नर्सिङ सेवा, औद्योगिक र स्कुल नर्स सहितको प्लेकार्ड बोकेर माइतीघरबाट निस्केको याली थापाथली, त्रिपुरेश्वर, सहिदगेट, वीर अस्पताल हुँदै टुँडिखेलस्थित खुल्लामञ्चमा पुगेर सभामा परिणत भएको थियो । फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर यो दिवस मनाउने गरिन्छ ।
‘स्वास्थ्य प्रणाली सुधारका लागि नर्सिङ सेवा’ नाराका साथ विश्वभर आज यो दिवस मनाइँदैछ । नेपालमा सूचीकृत नर्सको सङ्ख्या ६५ हजार छ । मुलुकका १०७ कलेजमा नर्सिङ पढाइ हुने गरेको छ । त्यहाँबाट अनमी, स्टाफ र विएन गरी वार्षिक रुपमा आठ हजारको सङ्ख्यामा नर्स उत्पादन हुँदै आएका छन् ।
Comment Here!