पार्वती पाण्डे

खोईटी रुम्बा
कपिलवस्तु । आफ्नै नाबालिका बहिनी उर्मिला (नाम परिवर्तन) लाई भारतको ईलाहाबादमा बेचेकी एक महिलालाई जिल्ला अदालत कपिलवस्तुले ४५ वर्ष कैद र ४ लाख रुपैयाँ जरिवानाको सजाय तोकेको छ ।
चेलीबेटी बेचविखन मुद्दामा चितवनको भरतपुर नगरपालिका ११ जरोनकी खोईटी रुम्बालाई अदालतले सो सजाय तोकेको हो । अदालतले पीडितलाई २ लाख रुपैयाँ क्षतिपुर्ति भराउन समेत आदेश दिएको छ । मानव बेचबिखन तथा नियन्त्रण ऐन २०६४ अनुसार खोईटीलाई हदैसम्मको सजायको फैसला गरेको हो ।
नुवाकोटको खडकभन्ज्याङकी १५ वर्षीया आफ्नै वहिनीलाई रुम्वाका श्रीमान श्रीलालसहित ४ जना मिलेर भारतको ईलाहाबादीस्थित कोठीमा भारतीय रुपैयाँ ३० हजारमा २०६९ सालमा बेचेका थिए ।
अदालतले बालिका बेचविखनमा २० वर्ष कैद र २ लाख रुपैयाँ जरिवाना, बेश्याबृत्तिमा लगाएकोमा थप १५ वर्ष थप कैद र १ लाख रुपैयाँ जरिवाना तथा ओसरपोसारमा संलग्न रहेकोमा १० वर्ष कैद र १ लाख जरिवना गरी ४५ वर्ष कैद र ४ लाख रुपैयाँ जरिवाना तोकिएको अदालतका शाखा अधिकृत हेमन्त ज्ञवालीले जानकारी दिनुभयो ।
न्यायधिश बालमुकुन्द दवाडीको एकल ईजलासले बेचबिखनमा बढी सजाय तोकिएको यो नै जिल्लाको पहिलो मुद्दा रहेको उहाँले बताउनुभयो । घटनामा संलग्न रहेका फरार अभियुक्तहरू नुवाकोटका श्रीलाल थिङ, खरखण्ड लामा र साईला थिङको मुद्दा मुल्तबी राखिएको छ ।
उनीहरूले २०६९ साल साउनमा घुमाउने र राम्रो लुगा किनिदिने भन्दै ललाईफकाई उर्मिलालाई चितवन, बुटबलको बाटो हुँदै सीमावर्ती क्षेत्र कृष्णनगरबाट ईलाहाबाद पुर्याएका थिए । दिदी बिरामी भएको र घुमाउने बहानमा उर्मिलालाई श्रीलालले आफूसँगै लगेका थिए । सुरुमा कलकत्ता पुर्याईकी उनको त्यहाँ मोलमोलाई हुन नसकेपछि ईलाहाबाद लगिएको थियो । ईलाहाबादमा रहेका एक कोठीमा उनलाई ३० हजार भारुमा बिक्री गरी चारै जनाले दामासहीले रकम बाँडेको थिए ।
३ वर्षसम्म उर्मिलाले कोठीमा नारकीय जीवन बिताएकी थिईन । २०७२ बैशाख १२ गते भूकम्प आएका बेला कोठीबाट उर्मिला भाग्न सफल भएकी थिईन् । भारतीय प्रहरीको सहयोगमा नेपाल मित्र समाज र सी डब्लु सी नामक संस्थाको प्रयासमा नेपालको शान्ति पुर्नस्थापना केन्द्रले उनलाई त्यहाबाट उद्धार गरी नेपाल ल्याइ जिल्ला अदालत कपिलवस्तुमा मुद्दा दायर गरेको थियो । उर्मिला कै बयानका आधारमा भरतपुरबाट प्रहरीले खोईटीलाई पक्राउ गरेको थियो ।
२०७२ जेठमा उर्मिलाका मामा सुर्य तामाङले ती चारजना अभियुक्तविरुद्ध जाहेरी दिएका थिए । आफूलाई बेचेको डेढ महिनापछि नै खोईटीले आफ्नै नाबालिका छोरीलाई समेत बिक्री गरेको उर्मिला बताउँछिन् । बेचिएकी छोरीको अहिलेसम्म अत्तोपत्तो छैन ।
Comment Here!