महिला खबर
कपिलवस्तु। हिंसा पीडित महिलाका लागि सरकारीस्तरबाट पुर्नस्थापना गृह नहुँदा पीडितको सुरक्षा र संरक्षणमा कठिनाई भएको अधिकारकर्मीले वताएका छन्। हिंसा पीडित महिलाका लागि पुर्नस्थापना गृह आवश्यक रहेको भन्दै उनीहरूले यथाशिघ्र यसका लागि पहल गर्न सम्वन्धित निकायलाई आग्रह गरेका छन्।
महिला तथा वालवालिका कार्यालय कपिलवस्तुले कुल जनसंख्याको ५१ प्रतिशत रहेका महिलाका अपेक्षा संवोधन गर्नुपर्ने भएपनि महिलाका लागि आउने बजेट एउटा गैरसरकारी संस्थाको भन्दा न्यून भएको भन्दै बाणगंगा नगरका अगुवा महिला आक्रोशित भएका थिए ।
कार्यालयले महिला ,वालवालिका, जेष्ठ नागरिक र अपाङ्गता भएका ब्यक्तिको समेत आशा र भरोसाको केन्द्र भएर काम गर्नुपरेपनि वजेट तथा कार्यक्रमको अभावमा समस्या परेको महिला विकास अधिकृत कलावती ओझाले स्पष्ट पार्नु भयो। हिंसा पीडित महिलाको पुर्नस्थापनाको लागि आवास गृह आवश्यक परेको जनाउँदै उहाँले वाणगंगा नगरपालिका कपिलवस्तुमा रहेको सहयोगी महिला वहुउद्देश्यीय सहकारीको निगरानीमा गृह वनाउन सकिने औंल्याउनुभयो।
जग्गा व्यवस्थापन भयो भने आफूले कार्यालयको तर्फवाट पुर्ण सहयोग गर्ने समेत उहाँले प्रतिवद्धता जनाउनुभयो। यसका लागि स्थानिय समुदाय , समाजसेवी सवै सक्रियताका साथ लाग्नुपर्ने उहाँको भनाइ थियो। आवास गृहका लागि स्थानिय निकायले पनि सहयोग पुर्याउनु पर्ने उहाँले वताउनुभयो।
उहाँ बाणगंगा नगरपालिकामा आयोजना गरिएको सामाजिक परिक्षण कार्यक्रममा कार्यालय प्रति सहभागीले उठाएका गुनासाको संवोधन गर्दै हुनुहुन्थ्यो। उहाले राहत तथा पुनस्थापना गृह नहुँदा हिंसा पीडितको उद्धार र पुर्नस्थापनामा कठिनाई भएको स्पष्ट पार्नुभयो।
Comment Here!