महिला खबर
एजेन्सी । ब्राजिलका महिलाले अन्तरिम राष्ट्रपति माइकल टेमर सरकारमा महिलालाई सहभागी नगराएकव भन्दै आपत्ति जनाएका छन् ।
उनको २४ जनाको मन्त्रिमण्डलमा सबै पुरुष रहेका छन् । ब्राजिलमा राष्ट्रपति डील्मा रुसेफको निलम्बनपछि टेमरको नेतृत्वमा सरकार गठन भएको हो । रुसेफ लेटिन अमेरीकामै पहिलो महिला राष्ट्रपति र संसारका शक्तिशाली महिला मध्येमा एक थिइन् ।
एक जना कानुन विशेषज्ञ इभर हार्टमान ले भनेका छन् ” यो गोरा पुरुषको सरकार हो , १९६४ – ८५ सम्मको निरंकुश शासनपछि सरकारमा एउटा पनि महिला नभएको यो पहिलो पटक हो, जुन चिन्ताजनक विषय हो । “

पुर्व राष्ट्रपति डील्मा रुसेफ
७५ वर्षीय टेमरले विहीवार राष्ट्रिय एकताको भाषण दिएका थिए, तर सरकारमा महिलाको अनुपस्थितिले ब्राजिली आधा जनसंख्याको प्रतिनिधित्व नगरेको भन्दै त्यहाका महिला आक्रोशित बनेका छन् ।
रुसेफले महिला हिसां सम्बन्धि र काला जातिका विद्यार्थीका लागि विश्वविद्यालयमा आरक्षण सम्बन्धि विशेष कानुन बनाएकी थिइन्। उनको पहिलो ४ वर्षे कार्यकालमा १५ जना महिला मन्त्री रहेका थिए र अहिले दोस्रो कार्यकालमा उनलाई भ्रष्टाचारको अभियोग लगाइ निलम्वित गरिएको छ। रुसेफलाई आर्थिक कारेवार सम्बन्धि कानुनहरू पालना नगरेको अभियोग लगाइएको छ।
Comment Here!