६ वर्षीया बालिका अपहरण गरि बलात्कार गर्नेलाई २३ वर्ष कैद


प्रकाशित मिति :2016-05-13 17:03:53

महिला खबर

भक्तपुर । भक्तपुर जिल्ला अदालतले बालिका अपहरण गरी बलात्कार गरेको अभियोगमा मनोहरा सुकुम्बासी बस्तीमा बस्ने नरबहादुर श्रेष्ठलाई २३ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश लिप्तबहादुर थापाको एकल इजलासले बालिका बलात्कार गर्ने श्रेष्ठलाई  यही वैशाख २० गते २३ वर्ष जेल र एकलाख रुपैयाँ जरिवानाको सजाय सुनाएको जिल्ला अदालत भक्तपुरका शाखा अधिकृत ज्ञान वहादुर खत्रीले जानकारी दिनुभयो ।

अदालतले श्रेष्ठबाट एक लाख रुपैयाँ जरिवाना असुल गर्ने र पीडितलाई  एक लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला समेत गरेको खत्रीले बताउनुभयो ।

श्रेष्ठले गत फागुन ७ गते स्थानीय  ६ वर्षीया बालिकालाई अपहरण गरी  बलात्कार गरेका थिए ।  उनीविरुद्ध चैत १४ गते जल्ला अदालत भक्तपुरमा मुद्दा दर्ता भएको थियो । यो मुद्दामा निरन्तर सुनुवाइ गरी एक महिनाभित्र फैसला गरिएको खत्रीले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: