महिला खबर
दोलखा । एक १५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा सुष्पाक्षमावती गाविसका तिलक भन्ने तिलोतमा थामीलाई प्रहरीले पक्राउ गरेको छ । मंसीर महिनादेखि थामीको जर्वजस्ती करणीमा पर्दै आएकी उनी अहिले गर्भवती छन् ।
थामीलाई जर्वजस्ति करणी अन्र्तगत जिल्ला अदालत दोलखाबाट १० दिनको म्याद लिई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोद सुनुवारले जानकारी दिनुभयो । करणीबाट गर्भवती भएकी बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनलाई अहिले एक संस्थाको संरक्षणमा राखिएको प्रहरीले जनाएको छ ।
Comment Here!