‘अर्काकी श्रीमती छु मतलव’


प्रकाशित मिति :2016-05-14 15:52:08

लिलाराज भट्टराइ

मोरङ । उर्लावारीको मंगलवारे वजारमा चुन छरेर ठूलो गोलो घेरा वनाइएको थियो । केही वेरमा हाफपाइन्ट लगाएका मान्छे निस्केर हो हल्ला गर्न थाले । छिनमै साडी चोली लगाएकी महिला पनि देखा परिन् । वादविवाद पो गर्न थाले । उनीहरूको हो हल्ला सुनेर के रहेछ भनेर मान्छेहरू भेला हुन थाले । भीड वढ्दै गयो । निक्कैपछि मात्र पो सहभागीले वुझे सडक नाटक पो रहेछ ‘अर्काकी श्रीमती छु मतलव’ ।

मोरङको पथरी शनिश्चरेस्थित एनपीएल मिडिया प्रालिको ‘दोबाटे’ समूहले महिला हिंसाविरुद्धको कथामा सडक नाटक प्रदर्शन गर्ने क्रममा मंगलवारेको प्रस्तुतिमा दर्शकको उल्लेख्य सहभागिता देखिन्थ्यो ।

उर्लाबारी नगरपालिकाको आयोजनामा ‘दोबाटे’ का कलाकारले उर्लाबारी र मंगलबारेमा नाटक ‘अर्काकी श्रीमती छु मतलव’ प्रदर्शन गरेर प्रसंशा बटुलेका छन् । हाँस्य शैलीमा अघि बढेको नाटकमा आफ्नी श्रीमतीलाई कामका नाममा होटलमा धितो राखेर जाँडरक्सी खान पैसा असुलेको कथालाई प्रभावकारी रुपमा प्रस्तुत गरिएको थियो ।

drama

नाटकमा अर्काकी श्रीमतीमाथि चौतर्फी कुदृष्टि बढ्ने क्रम वढेको देखाइएको छ । रोजगारी दिनेहरूले पनि महिलालाई आँखा लगाउने गरेको महिलाको मार्मिक समस्यालाई नाटकले उजागर गरेको ध्रुवतारा महिला फेडेरेशन उर्लाबारीकी अध्यक्ष कल्पना निरौलाको ठहर छ । ‘यो समूहले लामो समयदेखि निरन्तर रुपमा नाट्य यात्रा जारी राखेर महिला अधिकारका पक्षमा प्रभाकारी नाटक देखाउँदै आएको छ ’ उनले भनिन् ।
मोरङको पथरी शनिश्चरेस्थित एनपीएल मिडिया प्रालिको ‘दोबाटे’ समूहले पूर्वमा महिला हिंसा सहितको चेतनामुलक टेलिचलचित्र, नाटक र प्रहसनको क्षेत्रमा चर्चा कमाएको छ ।

०५७ सालमा स्थापना भएको कञ्चनजंघा नाट्य समूहले मेचीमहाकाली सडक नाटक यात्रा समेत गरिसकेको छ । समूहले हालसम्म २ दर्जन चेतनामुलक नाटक ३ सय बढीस्थानमा प्रदर्शन गरिसकेको समूहका प्रवक्ता भूपेन्द्र तिम्सिनाले जनाए । जसमा महिला हिंसा सम्बन्धिका आधादर्जन नाटक प्रस्तुत भएका छन् । त्यसमा पनि कचहरी शैलीको नाटक समेत प्रस्तुत गरेर प्रभावकारिता हाँसिल गरेको छ ।

नाटकमा एउटा विषयको उठान गर्ने र त्यो विषय समस्यामा गएर नाटक अड्किएपछि दर्शकको राय अनुसार अर्थात उनीहरूले कचहरी गरे अनुसार नाटक अघि बढ्ने कचहरी शैली अझ प्रभावकारी बनेको छ ।

समूहले अन्तरपार्टी महिला सञ्जाल, महिला सचेतना केन्द्र, माइती नेपाल, महिला हिंसा विरुद्ध पूर्वाञ्चल नेटवर्क, मदन भण्डारी स्मृति प्रतिष्ठान, मेलमिलाप केन्द्र लगायतका संस्थासँग सहकार्य गरी महिला तथा घरेलु हिंसाविरुद्धको नाटक प्रस्तुत गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: