पहिरोमा परी एक महिलाको मृत्यु


प्रकाशित मिति :2016-05-15 13:00:37

रमेश रावल

kalikote
कालिकोट । कालिकोट र दैलेखको सीमानामा पर्ने दहीखोला बजारमा शुक्रबार ५ बजे गएको पहिरोले एक महिलाको ज्यान लिनुको साथै कर्णाली राजमार्ग अबरुद्ध भएको छ । पहिरोमा पुरिएर दैलेख पिपलकोट गाबिसकी गीता थापा मगरको मृत्यु भएको छ भने एक जना सडकमा काम गर्ने मजदुर बेपत्ता भएका छन् । सडकमा काम गर्ने मजदुरको सनाखत हुन नसकेको दैलेख राकम प्रहरी चौकी इन्चार्ज अर्जुन बमले बताए ।

पहिरोमा पुरिएका थापाको  नेपाली सेनाको खुलालु हिल्सा सडक कार्यदल, जिल्ला प्रहरी कार्यालय कालिकोट र प्रहरी चौकी दैलेख राकमका प्रहरीले उद्दार गरेका थिए ।

शुक्रबार परेको अविरल वर्षापछि गएको पहिरोमा दुई ट्याक्टर, एक मोटरसाईकल पनि पुरिएका छन् । ६ वटा पसल पनि बगाएको छ ।
शुक्रबार बर्षापछि एक्कासी आएको पहिरो ठुलो क्षति गरेको दहीखोलामा लोकश अर्डर सप्लायर्स चलाएर बसेका जवासिंह सुनारले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: