महिला खबर
चितवन । नयाँ सृष्टि महिला समाज चितवनको आयोजनामा भरतपुर ११ भोजाडमा २ दिने उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु भएको छ । भरतपुर उपमहानगरपालिकाको सहयोगमा संञ्चालन भएको तालिम उद्घाटनमा बोल्दै भरतपुर उपमहानगरपालिकाका वरिष्ठ प्रशासकिय अधिकृत टिकाराम कडेंलले महिलाका लागि आयोजना गरिएको यस कार्यक्रमले उनीहरूलाई दक्ष बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै अधिकृत कंडेलले अवशर नपाएर महिला पछाडि पर्ने गरेको भन्दै यस्ता तालिमले उनीहरूलाई सबल बनाउन सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नयाँ सृष्टि महिला समाज चितवनकी अध्यक्ष चन्द्र कुमारी खडकाले महिलाले सबै क्षेत्रमा सहभागिता जनाए विकासले गति लिने भन्दै हरेक क्षेत्रमा उनीहरूलाई अवशरको खाँचो रहेको आंैल्याउनुभयो ।
२ दिनसम्म चल्ने सो तालिममा सञ्चारिका समूह चितवनकी अध्यक्ष सिर्जना अर्याल , एभिन्युज टेलिभिजनका पत्रकार प्रकास ज्ञवाली र कालिका एफ एम का पत्रकार राजु सापकोटा प्रशिक्षक रहनु भएको छ । तालिममा ५३ जना महिला सहभागी छन् ।
Comment Here!