ज्ञानु पंगेनी
नवलपरासी । नवलपरासीको कावासोतीकी १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गर्ने तीन जनालाई जिल्ला अदालत नवलपरासीले पुर्पुक्षका लागि थुनामा पठाएको छ ।
गत चैत १८ गते कावासोतीमा १३ वर्षीया बालिकालाई बलात्कार गरेर फरार भएका तीन जनालाई इलाका प्रहरी कार्यालय नवलपुरले तीन साता लगाएर पक्राउ गरी मुद्दा चलाएको हो ।
इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव निरीक्षक प्रकाश सिंखडाका अनुसार जिल्ला अदालत परासीले फैसला नसुनाउन्जेल उनीहरूलाई पुर्पुक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
बलात्कार घटनाका मुख्य योजनाकार कृष्ण महतो, विनोद गुरुङ र केशव थापा लाई प्रहरीले स्थनीयको व्यापक दवावपछि पक्राउ गरेको हो । बलात्कारीलाई पक्राउ गर्न प्रहरीले तत्परता नदेखाएपछि नवलपरासीका अधिकारकर्मीले १५ दिन भन्दा लामो आन्दोलन र धर्नामार्फत प्रशासनलाई दवाव दिएका थिए । घटना अदालती प्रक्रिया अगाडि बढीसके पनि अझै पीडक पक्षले विभिन्न प्रलोभन देखाएर मुद्दा फिर्ता लिन दबाब दिने गरेको बालिकाका आफन्तले बताएका छन् ।
गत चैत १८ गते साँझ कावासोतीकी १३ वर्षीया वालिकालाई ३ जनाले सामूहिक बलात्कार गरेर फरार भएका थिए । तीन जनालाई अदालतले दोषी ठहर गरेमा कम्तिमा पनि १२ वर्षसम्म जेल सजाय
हुने कानुनी प्रावधान रहेको छ ।
Comment Here!