महिला खबर
रामेछाप । रामेछाप जिल्लाको बेताली गाविसमा निशुल्क स्त्रीरोग परिक्षण शिविर सम्पन्न भएको छ । मागली रोवर्ड प्रोफेसनल कर्पाेरेसन क्यानडा र ग्रामिण स्वास्थ्य तथा शिक्षा सेवा गुठीको सहयोगमा बेताली स्वास्थ्य चौकीले शिविरको आयोजना गरेको हो ।
शिविरमा जिल्लाको उत्तरी ग्रामीण भेगमा बसोबास गर्ने महिलाको उल्लेख्य सहभागीता रहेको थियो । आङ् खस्ने समस्या भएका महिलाको स्वास्थ परिक्षण गरिएको थियो । शिविरमा १ सय जना भन्दा धेरै महिलाले स्वास्थ्य परिक्षण गराएको सामुदायिक रिपोर्टर संगिता विकले जानकारी दिनुभयो ।
Comment Here!