रमला सिंगक
धरान । महिलामा स्वास्थ्य समस्या देखिएपनि बेलैमा उपचार गर्न अस्पताल कमै धाउने गरेकाले धरान उपमहागनरपालिकाको ग्रामिण क्षेत्र मानिएको पाँचकन्यामा महिला संजाल धरानले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।

निशुल्क स्वास्थ्य शिविरमा चेक जांच गर्र्दै । तस्वीरः महिला संजाल धरान
धरान इमेजिंग सेन्टर प्रा.लि.को सहयोगमा संचालित तथा गाउँकै शृजनशील महिला समूहको व्यवस्थापन र पाँचकन्या सामुदायिक वनको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य परिक्षण शिविरमा १ सय ९६ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।
विशेष गरी स्त्री तथा प्रसूति सेवा सम्बन्धि जाँच तथा परामर्शमा ४ जना महिलाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको थियो । अन्य १ सय ४ जनालाई आवश्यक उपचारका लागि फलो अप गर्नुपर्ने देखिएको स्त्री तथा प्रसूति विशेषज्ञ चिकित्सक प्रा डा ध्रुव उप्रेतीले बताए ।
उनले पाँचकन्यामा महिलामा हुन सक्ने रोग तथा समस्या बढी नै देखिएको जानकारी गराउदै सबैलाई स्वास्थ्य प्रति सचेत हुन आग्रह गरे । स्वास्थ्य शिविरमा रेडियोलोजिस्ट डा एलिन सुन्दास, डा रोहित रिजाल, फिजिसियन निरज चौधरी सहितको १२ जनाको टिम रहेको थियो ।
संजालका अध्यक्ष शिला बज्राचार्यले तुलनात्मक रुपमा गाउँले महिला स्त्री रोगबाट बढी पीडित देखिएको बताइन् । उनले यस्ता निःशुल्क स्वास्थ्य शिविर नियमित गर्ने पनि बताइन् । शिविरमा निःशुल्क औषधी समेत वितरण गरिएको धरान इमेजिङ सेन्टरका निर्देशक दीपेन्द्र निरौलाले बताए ।
Comment Here!