महिला खबर
रामेछाप । खिम्ती गा.वि.सबाट जिल्लाका भूकम्प पीडित एकल महिलालाई राहत वितरण कार्यसुरु गरिएको छ । खिम्ती गा.वि.स.का ४५ जना एकल महिलालाई राहत वितरण गरिएको हो ।
मानव अधिकारका लागि महिला, एकल महिला समूह रामेछापमा आबद्ध भएका र नियमित बचत गरिरहेका रामेछाप जिल्लाका खिम्ती, फर्पु, नामाडी, बेताली, गेलु, चनखु, फुलासी, गागल भदौरे, पिंखुरी, कठजोर, चिसापानी र मन्थलीका लगायत गा.वि.स.का ५ सय एकल महिलालाई क्रमशः राहत वितरण गरिने समूहकी अध्यक्ष प्रमिला सापकोटाले जानकारी दिनुभयो ।
५ सय जनाको लागि राहत सामग्री आइपुगिसेकोले क्रमशः विभिन्न गा.वि.स.मा वितरण गरिने उहाँले बताउनुभयो । मानव अधिकारका लागि महिला, एकल महिला समूह केन्द्रीय कार्यालय बालुवाटारले उपलब्ध गराएको राहत सामाग्री ढाकाको पछ्यौरा र चोलो मानव अधिकारका लागि महिला एकल महिला समूह जिल्ला शाखा, रामेछापले वितरण गरेको हो ।
Comment Here!