महिला खबर
महोत्तरी । पूर्व सभासद् बुधनीदेवी महतोलाई गएराति अज्ञात समूहले मरणाशन्न हुनेगरी कुटपिट गरेको छ ।
लक्ष्मिनियाँ गाविसस्थित आफ्नै घरमा बसिरहेको बेला ८ १० जनाको समूहमा आएका व्यक्तिले उहाँलाई मरणाशन्न हुनेगरी कुटेको माओवादी नेता महादेव यादवले बताउनुभयो । गएराति करिब १० बजे अज्ञात व्यक्तिहरुले आफ्नै सुत्ने कोठामा बसिरहेकी उहाँलाई शरीरभरि अन्धाधुन्द लठ्ठी र भाटा प्रहार गरी घाइते बनाएको माओवादी नेता पिकरु पासवानले बताउनुभयो ।
उहाँ हिँडडुल गर्न र बोल्न नसक्ने अवस्थामा हुनुहुन्छ । उहाँको अवस्था चिन्ताजनक रहेको र उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ । उहाँ हिँडडुल गर्न र बोल्न नसक्ने अवस्थामा हुनुहुन्छ । उहाँ महोत्तरी जिल्लाबाट एनेकपा (माओवादी) का सभासद हुनुहुन्थ्यो
Comment Here!