ज्ञानु पंगेनी
नवलपरासी । १२ वर्षकी झड्केली छोरीमाथि बलात्कार प्रयास गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासीको पाड गाविसका ४६ वर्षीय एक वावुले सोमवार विहान घरमै झडकेली छोरीलाई बलात्कारको प्रयास गरेको ईलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरिक्षक शिवशर्मा आचार्यले जानकारी दिनुभयो ।
सुतिरहेकी छोरीलाई जबरजस्ति गर्न खोजेको आमाले देखर हारगुहार गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय नया वेलहानीको टोली पुगी उनलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय नवलपुरलाई बुझाएको हो ।
बालिकाकी आमाले मंगलवार प्रहरीमा उजुरी समेत दिएको प्रहरी निरीक्षक आचार्यले बताउनुभयो । वावुसँग सोधपुछ गर्दा मादक पदार्थ सेवन गरेर होसमा नभएकाले आफूले यस्तो कार्य गरेको स्विकारेको प्रहरी निरिक्षक आचार्यले बताउनुभएको छ ।
प्रहरी निरिक्षक आचार्यका अनुसार उनलाई जबरजस्ति करणी उद्योग अन्तरगत मुद्दा दर्ता गरी जिल्ला चलान गरिएको र बालिकाको स्वास्थ्य परिक्षण गरिएको उहाँले बताउनुभयो ।
Comment Here!