तीन हास्य कलाकार सुनौला एक हजार दिन अभियानमा


प्रकाशित मिति :2016-05-17 15:58:42

महिला खबर
काठमाडौ । हास्य कलाकारहरू जितु नेपाल, दीपकराज गिरी र दीपाश्री निरौला सुनौला एक हजार दिन अभियानको प्रवर्द्धकमा नियुक्त भएका छन्।

deepakगर्भधारण भएदेखि दुई वर्षसम्मको अवधि एक हजार दिनमा गर्भवती तथा उनीहरूका अभिभावकलाई पोषणको महत्व, जानकारी तथा व्यवहार परिवर्तन गर्न नेपाल सरकारले यो अभियान सुरु गरेको हो । आज काठमाडैंमा आयोजित एक कार्यक्रममा यी कलाकार र नेपाल सरकारबीच सम्झैता भयो ।

यसअघि सो अभियान अन्तर्गत पोषण तथा खाद्य सुरक्षाका राष्ट्रिय दूतका रुपमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का चयन भइसक्नुभएको छ ।

यी कलाकारले  यस अभियानकव विषयबस्तुलाई केन्द्रबिन्दु बनाई नयाँ टेलिसिरियल दर्शकसामु ल्याउने छन् । सिरियलमा ८० प्रतिशत मनोरञ्जन र बाँकी सन्देश हुने जानकारी कार्यक्रममा दिइएको थियो ।

कार्यक्रममा बोल्दै सूचना तथा सञ्चारमन्त्री शेरधन राईले स्वस्थ्य र समृद्ध परिवार एवं समाज तथा सिङ्गो देश निर्माण गर्ने सुनौला एक हजार दिन जनजागरण अभियानलाई प्राथमिकता र महत्व दिन सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो ।

deepaउहाँले बहुक्षेत्रीय पोषण योजनाले गर्भवती एवं उनीहरूबाट जन्मिने शिशुको पोषण तथा आहारमा विशेष ध्यान दिएको हुँदा पोषणको महत्वलाई घर घरमा पुर्याउन सबैसित आग्रह गर्नुभयो ।

योजना आयोगका सदस्य प्रा डा  गीताभक्त जोशीले गर्भवती र दुई वर्षभित्रका शिशुलाई थप पोषणयुक्त खानाको आवश्यकता पर्ने हुँदा सुनौला एक हजार दिन अभियान  समुदाय तथा घर घरमा पुर्याउनु अवश्यक रहेको बताउनुभयो ।

Jitu nepalनेपालस्थित युनिसेफका प्रतिनिधि टोमोहो जुमीले गर्भवती र तिनबाट जन्मिने शिशुलाई थप पोषणको आवश्यकता हुने भएकाले यसका बारेमा समुदायलाई सुसूचित गराउन अभियानमा युनिसेफले सहयोग गरेको बताउनुभयो ।

युनिसेफका अनुसार हाल नेपालमा १३ लाख बालबालिका कुनै न कुनै रुपमा कुपोषित छन् । स्वस्थ बालबालिका जन्माइ बालबालिकालाई कुपोषणको समस्याबाट मुक्त गर्न  युनिसेफको सहयोगमा विश्वका ५७ देशमा यो अभियान भइरहेको छ । खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागका अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्तीले गर्भावस्थादेखि दुई  वर्षसम्मभित्र शिशुको ८० प्रतिशत बौद्धिक विकास हुने बताउनुभयो ।

अभियानका राष्ट्रिय दूत पारस खड्काले पोषणको महत्वका बारेमा आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बचन दिनुभयो

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: