महिला खबर
काठमाडौं। प्रधानमन्त्री केपी ओलीले अब प्रधानमन्त्री हुन पालो महिलाको भएको बताउनुभएको छ। अखिल नेपाल महिला संघकाे प्रथम राष्ट्रिय परिषद बैठकको उदघाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देशमा राष्ट्रपति, प्रधानन्यायाधिस र सभामुख महिला रहेको र अव प्रधानमन्त्री बन्ने पालो पनि महिला कै भएको बताउनुभएको हो।
कार्यक्रमम उहाँले सरकारले आगामी आर्थिक वर्षको बजेट महिलाअनुकूल बनाउन प्रयास गरिरहेको र यसै अनुसार ल्याउने वचन पनि दिनुभयो।
भूकम्पका बेला राहत वितरण, उद्धार र पुर्ननिर्माणमा महिला सक्रिय रुपमा खटेको स्मरण गर्दै अब पुर्ननिर्माणमा पनि महिलाको सक्रिय सहयोगको अपेक्षा सरकारले गरेको उहाँको भनाइ थियो।
बैठकमा अनेमसंघको विधानलगायतका विषयमा छलफल हुने बताइएको छ। बैठकमा अनेमसंघको मुखपत्रिका महिलामुक्तिका सम्पादक उत्तरा कोइराला र भूकम्पताका राहत वितरण, उद्धार र पुर्ननिर्माणमा खटिएका स्वयंसेवकलाई सम्मान गरिएको थियो। बैठक भोलीसम्म चल्ने छ।
Comment Here!