सर्मिला बुढाथोकी
दोलखा। सरसफाईको अभावले आमा र बच्चा दुबैमा कुपोषण हुन सक्ने भन्दै भूकम्प प्रभावित दोलखा जिल्लाको ४८ वटा गाविसमा सुत्केरी तथा गर्भवती महिलालाई सरसफाई सामग्री (हाईजेनिक किट) वितरण गरिएको छ। दोलखाका भूकम्प प्रभावित ५ हजार ६ सय ४१ जना गर्भवती तथा सुत्केरीलाई सरसफाई सामग्री वितरण गर्ने लक्ष्य लिईएकोमा ४ हजार १ सय ७७ जनालाई उक्त सामग्री वितरण गरिसकिएको छ।

सरसफाई सामग्री बोकेका सुत्केरी महिला
भूकम्पले घर भत्किएका कारण सुत्केरी तथा गर्भवतीलाई आवश्यक पर्ने सरसफाई सामग्री नहुँदा उनीहरूबाट जन्मेका र जन्मने बच्चाको स्वास्थ्यलाई समेत असर गर्ने भएकाले सुत्केरी तथा गर्भवती महिलाहरूलाई सरसफाई सामग्री वितरण गरिएको नेपाली प्राविधिक सहयोग समूह एनट्यागका संयोजक लिलबहादुर नेपालीले जानकारी दिनुभयो। लक्ष्य अनुरुपको संख्या अपुग भएकाले बाँकी रहेको करिब १५ सय सरसफाई सामग्री जिल्ला स्वास्थ्य कार्यालयमा राखिने छ।
Comment Here!