भिम सिजापति
दैलेख । माओवादी सशस्त्र द्वन्द्वका कारण पीडित तथा प्रभावित भएका दैलेखका ३ सय बालबालिकालाई छात्रबृति दिइने भएको छ। दैलेखका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको अध्यक्षतामा बसेको जिल्ला बाल कल्याण समितिको बैठकले सो निर्णय गरेको हो।
अभिभावक गुमाएका, अंगभंग भएका वा विभिन्न यातना पाएका बालबालिका मध्ये ३ सय जनालाई विद्यालयमा अध्ययनका लागि छात्रबृति, २७ जनाको स्वास्थ्य उपचार र ३० जनालाई मनोविमर्शलगायतका सहयोगका लागि २७ लाख रुपैंयाँ लाग्ने जिल्ला बाल कल्याण समिति दैलेखले जनाएको छ।
यो रकम महिला तथा बालबालिका कार्यालय मार्फत खर्च गरिने छ। महिला तथा बालबालिका कार्यालयले २ वर्षअघि लिएको तथ्यांक अनुसार १९ सय ८७ जनाको सूचीमा परेकालाईमात्र यो सुविधा दिइने महिला विकास अधिकृत बिश्वमणी जोशीले जानकारी दिनुभयो। पीडित बालबालिकालाई मनोविमर्श सेवा मनोविमर्शकर्ता पार्वती बिशुन्केले दिनुहुने बताइएको छ।
Comment Here!